सशस्त्र प्रहरीद्वारा जीराभवानीबाट राँगाभैँसी नियन्त्रणमा

सशस्त्र प्रहरीद्वारा जीराभवानीबाट राँगाभैँसी नियन्त्रणमा

कृष्णमोहन साह 
वीरगन्ज, ९ भदौ । सशस्त्र प्रहरीले पर्साको जिराभवानी गाउँपालिकाबाट ठूलो संख्यामा चौपाया नियन्त्रणमा लिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साबाट खटिएको सशस्त्र प्रहरीको टोलीले भारतबाट अबैध रुपमा भन्सार छली  नेपाल भित्र्याउदै गरेको ४९ वटा राँगा र भैसी नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल १३ नम्बर गण हेडक्वाटर पर्साले जनाएको छ ।

सशस्त्र प्रहरीले पाएको विशेष सूचनाको आधारमा बिहीबार ३ बजेको समयमा जीराभवानी गाउँपालिका वडा नम्बर ४  सुपौलीबाट ४९ वटा राङ्गा र भैंसी नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिईएको चौपाया महादेवपट्टी बोर्डर आउट पोष्टमा आवश्यक मुचुल्का तयार गरी वीरगन्ज भन्सार कार्यालयमा पठाईएको सशस्त्र प्रहरी बल २ नम्बर छिनमस्ता  बाहिनीका सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडामगरले जानकारी दिनुभयो।