इन्धन चोरी गर्ने ट्यांकर आयल निगम अमलेखगञ्जको नियन्त्रणमा
वीरगन्ज, २ असोज । नेपाल आयल निगम प्रादेशिक डिपो अमलेखगन्जले इन्धन चोरी गरेको एउटा ट्यांकर नियन्त्रणमा लिएको छ । भारतको बरौनीबाट इन्धन लोड गरेर आएको ना ४ ख ३१५६ नम्बरको टंयाक्टरलाई नियन्त्रणमा लिईएको हो ।
नेपाल आयल निगमको अमलेखगंज डिपोबाट भारतको बरौनी इन्धन लोड गर्न गएको उक्त ट्यांकरले तोकिएको परिमाण भन्दा बढी इन्धन लोड गरेको पाईएपछि नियन्त्रणमा लिईएको आयल निगम प्रादेशिक कार्यालय अमलेखगन्जका प्रमुख विनितमणी उपाध्यायले जानकारी दिनुभयो ।
इन्धन चोरी गरेको ट्यांकरका चालकलाई नियन्त्रणमा लिइर अनुसन्धान भईरहेको प्रमुख उपाध्यायले बताउनुभयो । अनुसन्धानकै क्रममा रहेकोले थप विवरण भने अहिले दिन नमिल्ने उहाँले बताउनुभयो ।