सशस्त्र प्रहरीद्वरा ठोरीबाट भन्सार छलीको सामान सहित मोटरसाईकल बरामद
कृष्णमोहन साह
सेंढवा, ११ असोज । पर्साको ठोरी गाउँपालिकाबाट सशस्त्र प्रहरीले भन्सार छली भित्र्याएको भाँडाकुँडा सहित एउटा मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट सुवर्णपुरबाट सशस्त्र प्रहरी निरीक्षक दिपक नापितको नेतृत्वमा गएको सशस्त्र प्रहरीको टोलीले नियमित चेकजाँचको क्रममा ठोरी गाउँपालिका वार्ड नम्बर–५ बाघमोर्चा पुलबाट यूपी ५७ के ८५३५ नम्बरको भारतीय मोटरसाइकल सहित अठ्ठाइस हजार मूल्य बराबरको भाँडाकुँडा पक्राउ गरेको हो ।
बरामद गरिएको भाँडाकुँडा र मोटरसाइकल आवश्यक कारवाहीको लागि वीरगंज भन्सार कार्यालय पठाइएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो ।