बिलविजक भन्दा बढी सामान भएको आशंकामा कण्टेनर नियन्त्रणमा

बिलविजक भन्दा बढी सामान भएको आशंकामा कण्टेनर नियन्त्रणमा

वीरगन्ज, २८ भदौ । जिल्ला प्रहरी कार्यालय पर्साले बिल बिजक भन्दा बढी खुद्रा सामान तथा औषधीहरू लोड रहेको कन्टेनर ट्रक नियन्त्रणमा लिएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले बुधबार १२ः३० बजे वीरगञ्ज महानगरपालिका वडा नं. २१ परवानीपुर चोक स्थित सडकखण्डमाबाट ट्रक नियन्त्रणमा लिएको हो ।

ना.३ ख ७६५६ नम्बरको मालवाहक कन्टेनर ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल बिजक शंकास्पद देखिएपछि कण्टेनरलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

बिलविजक भन्दा बढीको सामान लोड गरेको आशंकामा नियन्त्रणमा लिएको ट्रक सहितको मूल्य ४६, लाख सात हजार तीनसय त्रियानब्बे रुपैंया मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रवक्ता प्रहरी नायव उपरीक्षक गिरीले बताउनुभयो ।