प्राविधिक तथा सीपमुलक तालिमले युवालाई स्वरोजगार बनाउन महानगर तयार छ : मेयर सिंह

प्राविधिक तथा सीपमुलक तालिमले युवालाई स्वरोजगार बनाउन महानगर तयार छ : मेयर सिंह

वीरगञ्ज, २० असार । वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले प्राविधिक तथा सीपमुलक तालिमबाट युवालाई स्वरोजगार बनाउन महानगर तयार रहेको बताउनुभएको छ । पर्सा फोटोग्राफर एशोसियसनको प्रथम साधारणसभाको उदघाटनमा उहाँले फोटो ग्राफीबाटै पनि युवाहरु स्वरोजगार बन्न सफल भएको बताउनुभयो ।

अहिले विशेष परिस्थिति तथा कुनै पनि सभासमारोहको व्यवसायिक फोटो भिडियो बनाएर राख्ने प्रचलन बढेको भन्दै यसले फोटोग्राफीमा भविष्य रहेको देखाएको बतउनुभयो । फोटोग्राफी सिक्ने र स्वरोजगार बन्न चाहने युवालाई महानगरले निःशुल्क प्रशिक्षणको व्यवस्था मिलाउने भन्दै त्यसका लागि प्रस्ताव ल्याउन एशोसिएसनलाई आग्रह गर्नुभयो ।

पेशागत मर्यादा कायम गर्दै व्यवसायिक फोटोग्राफर भएर अरुलाई पनि रोजगारी दिने वातावरण बनाउन मेयर सिंहको आग्रह छ । एशोसिएसनका अध्यक्ष ओमप्रकाश महतोको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोटो ग्राफर एशोसिएसनका केन्द्रीय अध्यक्ष महेन्द्र प्रसाद उपाध्याय, श्रीराम कँडेल, दिगम्बर राजबंशी, डा.निरज सिंह लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।