कोरोना विरुद्धको खोप खरिदका लागि वीरगन्ज महानगरपालिकाद्वारा सरकारसँग अनुमति माग
वीरगन्ज, १० जेठ । सरकारले सबै नागरिकलाई सहज रुपमा खोप उपलब्ध गराउन नसकेपछि स्थानीय तह र निजीक्षेत्रले खोप खरिदको अनुमति माग गरेको छ ।
स्थानीय सरकारको हैसियतमा पहिलो पटक कोरोना परीक्षण गर्ने पीसीआर मेशिन खरिद गरेको वीरगन्ज महागनरपािलकाले दोश्रो चरणको कोरोना लहरमा कोरोना भाइरस विरुद्धको खोप खरिद गर्न सरकारसँग अनुमति मागेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सोमबार पत्राचार गर्दै महानगरपालिकाले १ लाख नागरिकलाई लगाउन खोप खरिदका लागि अनुमति मागेको हो ।
कोरोना भाइरसले विभिन्न स्वरुप परिवर्तन हुदै आएको र पहिलो भन्दा दोश्रो खतरनाक, दोश्रो भन्दा तेश्रो झन खतरनानक भाईरस भएको वैज्ञानिकहरुले समेत चेतावनी दिएको अवस्थामा स्वरुप परिवर्तन भईरहने भारसको अन्त्य कहिले हुन्छ भन्ने विश्व स्वास्थ्य संगठनले पनि भन्न सकेकोले अहिले खोपको प्रभावकारिता देखिएकोले खोप खरिद गर्न लागिएको महानगर प्रमुख सरावगीको भनाई छ ।
खोप लगाएकाहरुमा मृत्युदर पनि कम देखिएकोले अहिले वीरगन्जमा कोरोना संक्रमणको दोश्रो लहरमा धमाधम मृतक संख्या बढीरहनु चिन्ताको विषय भएको भन्दै यसलाई रोक्न सक्ने खोप नै उचित देखिएकोले खोप खरिद गर्न लागिएको उहाँले बताउनुभयो । कोरोना संक्रमणले नागरिकले अकालमा ज्यान गुमाउनु परिरहेको अवस्थामा सरकारले खोप किन्ने प्रकृयामा नगएर र दाताहरुसँग लिने र विचौलियाहरुसँग अल्झिने मात्रै काम गरेको तथा निःशुल्क दिने दाताहरुको मात्रै खोजीरहेकोले अहिले धेरै नागरिकले ज्यान गुमानउनु परेको तितो यथार्थ देखिएकोले महानगरपालिकाले आफैले खोप खरिद गरेर महानगरवासीको जीवन रक्षा गर्न तयार रहेको नगर प्रमुख सरावगीले बताउनुभयो ।
खोप उपलब्ध कसरी हुन्छ भन्ने विषयमा उहाँले भन्नुभयो, ‘नेपाल सरकारले अनुमति दिएको खोप खरिद गर्ने हो । वीरगन्जमै जम्मिएर हुर्किएका र अहिले विदेशमा रहेका व्यक्तिहरुको सम्पर्कमा त्यहाँका खोप कम्पनी तथा आपूर्तिकर्ताहरुसँगको सम्वन्वयमा खोपको व्यावस्था गरेर सरकारले जुन प्रकृयाबाट ल्याउने हो । त्यहि च्यानल र प्रकृयाबाट नै ल्याउने हो ।’
खोप उत्पादन गर्ने देशमा कम्पनीहरुले नै खोपको डिल गरिरहेको र आफूसँग ती कम्पनीसँग डिल गर्न सक्ने संयन्त्र रहेको उहाँको भनाइ छ । महानगरपालिकाले नेपाल सरकारले तोकेको नियम अनुसार नै खोप खरिद र प्रयोग गर्ने उहाँले बताउनुभयो । आम जनताको जीवन रक्षाका लागि खोप मात्र कोभिड विरुद्धको लडाई जित्न सक्ने अस्त्र बनेको र कम्तीमा एक लाख महानगरवासीलाई खोप लगाउने लक्ष्यसहित खोप खरिदका लागि सरकारसँग अनुमति माग गरिएको महानगर प्रमुख विजय कुमार सरावगीले जानकारी दिनुभयो । उहाँका अनुसार अमेरिकी कम्पनी फाईजर र रसियन खोप स्पुतनिक–५ खोप राम्रो छ ।
सरकारले अनुमति दिए मगाएर नगरबासीलाई लगाउने नगर प्रमुख सरावगीले बताउनुभयो । उहाँले भन्नुभयो, ’खोपले नागरिक बचाउन सकिन्छ भने ५÷७ करोड खर्च गरेर खोप आउँछ, किन खर्च नगर्ने ? भनेर अनुमति मागेका हौं ।’
समुदाय स्तरमा फैलिएको कोरोना भाइरस संक्रमणको दोस्रो लहरमा लक्षणसहितका संक्रमित बढी देखिएको छ । अक्सिजन आवश्यक पर्ने बिरामीको संख्या धेरै छ । अस्पतालमा आईसीयू, भेन्टिलेटरको अभाव देखिएको छ । सबै नागरिकसम्म खोप पु¥याउन सरकारको तर्फबाट भएका प्रयास ठोस प्रभावकारी हुन नसकेको भन्दै महानगरले स्वास्थ्य मन्त्रालयमा खोप खरिदको अनुमित माग गर्दै पत्र पठाएको छ ।