बरामद गरिएको अवैध सामान प्रहरीले भन्सारलाई बुझायो 

बरामद गरिएको अवैध सामान प्रहरीले भन्सारलाई बुझायो 

वीरगन्ज, १० जेठ । जिल्ला प्रहरी कार्यालय पर्साले पक्राउ गरेको अवैध सामान भन्सारमा बुझाएको छ । जेठ ८ गते शनिबार वीरगञ्ज महानगरपालिकाको ईनर्वागाउँ, छपकैया, भकुवा, सिर्सिया र नगवा लगायत विभिन्न स्थानबाट बरामद गरिएको अवैध सामान वीरगन्ज भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

भंसार छली अवैध रुपमा ओसार पसार गर्दै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको एक लाख २२ हजार ९० रुपैया मुल्य बराबरको खाद्यान्न, स्याउ, केराउ र कस्तुरी रक्सी लगायतका मालबस्तुहरु आवश्यक कारवाहीको लागी वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।