नेपाल भारत सीमावर्ती भिस्वा बजारमा प्रशासनको छापा, ३११ बोरा अवैध भारतीय चामल बरामद
वीरगन्ज, ६ पुस । नेपाल भारत सीमावर्ती बजार पर्साको भिस्वामा जिल्ला अनुगमन टोलीले छापामारी अवैध रुपमा ल्याईएको भारतीय चामल बरामद गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको टोलीले भिस्वा बजारमा छापा मारेर ३११ बोरा भारतीय चामल बरामद गरेको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतले जानकारी दिनुभयो ।
भन्सार छलेर ल्याएको चामल भिस्वा बजारमा भण्डारण गरि राखिएको सूचनाको आधारमा अनुगमनमा गाएको टोलीले छापामारी गरि उक्त परिमाणको चामल बरामद गरेको हो ।
भिस्वा बजारको बिस्मिल्लाह मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर तस्करहरुले भण्डारण गरी राखेको २० किलो अदत भएको बासमती चामल बरामद गरिएको भंसार अधिकृत खगेन्द्र साहले जानकारी दिनुभयो ।
बरामद गरिएको चामल आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा ल्याईएको सशस्त्र प्रहरी नायव उपरीक्षक बस्नेतले बताउनुभयो।