निषेधाज्ञा उल्लंघन गर्ने पाँचजनालाई कारवाही  

निषेधाज्ञा उल्लंघन गर्ने पाँचजनालाई कारवाही  

वीरगन्ज, ३१ बैशाख । जिल्ला प्रहरी कार्यालय पर्साले स्थानीयले प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लंघन गर्ने पाँचजनालाई कारवाही गरेको छ । विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण रोकथामका लागि जारी गरिएको निषेधाज्ञाको उल्लङ्घन गरी

खोलिएका पसल बन्द गराउने र अनावश्यक हिँड्डुल, आवतजावतमा रोक लगाउने क्रममा बीरगञ्ज महानगरपालिकाका विभिन्न स्थानमा खटिएका पिकेट, मोबाइल तथा मोटरसाइकलका गस्ती टोलीमाथि अभद्र व्यवहार गरी प्रहरीको कामकारबाहीमा अवरोध पुर्‍याउनले पाँचजनालाई नियन्त्रणमा लिएर कारवाही गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

कारवाहीमा पर्नेहरुमा वीरगन्ज महानगरपालिका वडा नम्बर १० का २६ बर्षीय साहेव शेख, पोखरिया नगरपालिका वडा न म्बर ३ का १९ बर्षीय हनिफ हुसेन, विन्दवासिनी गाउँपालिका वडा नमबर ४ का ३० बर्षीय भोला प्रसाद साह, वीरगन्ज महानगरपालिका वडा नम्बर १३ का ३० बर्षीय मोहम्द असरफ राइन, भारतको विहार राज्यको वेतिया वैरिया वडा नम्बर ३ घर भएका मुन्ना साह रहेका छन् ।

उनीहरुले निषेधाज्ञा उल्लंघन गरेको र कार्यान्वयन गराउने क्रममा प्रहरीलाई समेत अवरोध गरेको हृँदा सार्वजनिक हित, स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकता विरुद्दको कसूर र सङ्क्रामक रोग ऐन, २०२० बमोजिम कसूरमा कारवाही गरिने प्रहरी प्रवक्त प्रहरी नायव उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिनुभयो ।