वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा पाँच थान सेमी–भेण्टिलेटर जडान

वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित अस्थायी कोभिड अस्पतालमा पाँच थान सेमी–भेण्टिलेटर जडान

वीरगन्ज, ३१ बैशाख । वीरगन्ज महानगरपालिकाले कोभिड–१९ अस्थायी अस्पतालमा पाँच थान सेमिभेण्टिलेटर थप गरिएको छ । वीरगंजका उद्ययोगपति सत्यनारायण क्याल परिवारको तर्फबाट तीन थान बीप्याप मेशिन अर्थात (सेमि– भेण्टिलेटर) र वीरगंज

माहानगरको तर्फबाट दुईवटा बीप्याप मेशिन गरी जम्मा पाँच वटा बीप्याप (सेमी–भेण्टिलेटर) मेशिन संक्रमितहरुको उपचारको लागी जडान गरिएको छ ।

मेशिन प्राप्त गरेपछि महानगर प्रमुख सरावगीले परोपकारी कार्यको लागि क्याल परिवारलाई धन्यवाद दिनुभएको छ । यसअघि महानगरपालिका मार्फत उपलब्ध भेण्टिलेटर महानगर प्रमुख विजय कुमार सरावगीले नारायणी अस्पताललाई हस्तान्तरण गर्नुभएको थियो ।

अहिले प्राप्त भेण्टिलेटरहरु महानगरपालिकाले संचालन गरेको २३० वेडको आईशोलेसनमा राखिने महानगर प्रमुख सरावगीले बताउनुभयो । महानगरपालिकाले २, ३ वटा अक्सिजन कन्सेन्ट्रेटर पनि मगाएको उहाँले बताउनुभयो । ती कन्सन्ट्रेटर आएपछि अक्सिजनको सिलिण्डर भरथेग गर्न सहज हुने महानगर प्रमुख सरावगीको भनाई छ ।