अशोक टेमानी वीरगन्ज महानगरको सल्लाहाकारमा नियुक्त
वीरगन्ज, २७ भदौ । वीरगन्ज महानगरपालिकाले वीरगन्जका उद्योगी अशोक टेमानीलाई सल्लाहाकारमा नियुक्त भएका छन् । वीरगन्जको बृहत्तर विकासका लागि सहयोग गर्ने अपेक्षा सहित महानगरपालिकाको सल्लाहाकारमा नियुक्त गरेको नगर प्रमुख राजेशमान सिंहले जानकारी दिनुभयो ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष, महासंघका पूर्व कार्यकारीणी सदस्य एवं स्थल तथा पारवहन समितिका सभापति पनि भईसकेका टेमानीलाई सल्लाहाकारमा नियुक्त गरिएको नगरप्रमुख सिंहको भनाई छ । टेमानीको अनुभव, सल्लाह सुझावले वीरगन्जको विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास महानगरपालिकाको रहेको नगर प्रमुख सिंहको छ ।
पारवहन क्षेत्रमा निकै राम्रो अध्ययन र अनुभव रहेको टेमानी वीरगन्जलाई नै कार्यक्षेत्र बनाएर उद्योग व्यावसायमा सक्रिय हुनुहुन्छ । सल्लाहकारमा नियुक्त गरेकोमा महानगर प्रमुख सिंहलाई धन्यवाद दिदै टेमानीले वीरगन्जको बृहत्तर विकासका लागि आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिनुभयो । उहाँले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ वहन गर्दै वीरगन्जको विकासका लागि भरमग्दुर सहयो गर्ने बताउनुभयो ।