ठाेरीमा बाघको आक्रमणबाट एककाे ज्यान गयाे

वीरगन्ज, १३ भदाै । पर्साकाे ठाेरीमा बाघकाे आक्रमणबाट एकजनाकाे ज्यान गएको छ । ठाेरी गाउँपालिका वडा नम्बर ५ छघरे मध्यवर्ती जंगलमा गाेठालाे गएका साेही स्थानका कान्छा दाेङकाे बाघकाे आक्रमणबाट ज्यान गएकाे हाे ।

बुधबार दिउँसो गाेरू लिएर जंगल गएकाे दाेङ मध्यवर्ती जंगलमा चराउन गएका थिए । गाेरूलाई दाम्लाेले बाँधेर चराइरहेकाे बेला बाघले गाेरूलाई आक्रामण गरेपछि गाेरू बचाउने क्रममा बाघले दाेङलाई आक्रमण गरेकाे स्थानीयले बताएका छन् । 

बाघकाे आक्रमणबाट दाेङकाे दिऊसाे नै मृत्युु भएको हाे । घटनाकाे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय ठाेरी, बाेर्डर आउटपाेष्ट ठाेरीीका सुरक्षाकर्मी र मध्यवर्ती वन उपभोक्ता समितिका पदाधिकारीहरू सहितको टाेलीले दाेङकाे शब ल्यएर पाेष्टमार्टमकाे लागि नारायणी अस्पताल पठाईएकाे पर्सा प्रहरीले जनाएको छ ।