समाजवादी प्रेस संगठन पर्साको प्रथम अधिवेशन हुदै : आजै नयाँ नेतृत्व चयन हुने 

समाजवादी प्रेस संगठन पर्साको प्रथम अधिवेशन हुदै : आजै नयाँ नेतृत्व चयन हुने 

वीरगन्ज, १८ साउन । नेकपा एकीकृत समाजवादी पार्टी पर्साको प्रथम जिल्ला अधिवेशन बुधबार वीरगन्जमा सम्पन्न भएको छ । अधिवेशनको प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सचिव नागेन्द्र चौधरीले उदघाटन गर्नुभएको थियो ।

उदघाटन सत्रमा बोल्ने वक्ताहरुले सञ्चारकर्मीहरुले समाजको आवश्यकता र यथार्थ बुझेर सत्य र तथ्य सूचना सम्प्रेषण गर्ने दायित्व रहेकोले विश्वसनीय समाचारका लागि वस्तुनिष्ठ पत्रकारिता गर्नुपर्ने आवश्यकता रहेको बताए ।

समाजवादी प्रेस संगठनका संयोजक मनोज पटेलको अध्यक्षतामा भएको कार्यक्रममा विशिष्ट अतिथि मधेस प्रदेशका उद्योग, पर्यटन तथा वन मन्त्री शत्रुघन महतोले पछिल्लो समयमा देशको राजनीतिक ध्रुविकरणले सञ्चार माध्यमहरुले पनि सत्य र तथ्य सूचना दिन नसकेकोले समाजमा चुनौती थपिएको बताउनुभयो । उहाँले समाचार कुनै स्वार्थ समूहको अनुकूलतामा मात्रै आउने गर्दा आम नागरिकले सत्य तथ्य सूचना प्राप्त गर्न नसकेको बताउनुभयो ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी पार्टीका प्रचार विभाग सचिव एवं समाजवादी प्रेस संगठनका नेता प्रकाश खतिवडा, संगठनका महासचिव भुपराज खड्का, केन्द्रीय सचिव एवं मधेस प्रदेश इन्चार्ज सुभाष साह, प्रेस सेण्टर नेपालका केन्द्रीय सदस्य नीरज पिठकोटे मगर, वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुवोध गुप्ता, वीरगन्ज पब्लिक कलेजका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर दीपक शाक्य लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा एकीकृत समाजवादी पार्टीका पोलिटव्यूरो सदस्य एवं पर्सा इन्चार्ज रामचन्द्र साह, पोलिटव्यूरो सदस्य एवं महानगर इन्चार्ज चिरञ्जिवी आचार्य, पर्साका कार्यवाहक अध्यक्ष गंगा खड्का, महानगर अध्यक्ष मनोज चौधरी, सामाजवादी प्रेस संगठन मधेस प्रदेश सहइन्चार्ज राघव साह, संयोजक वृजलाल पासवान, केन्द्रीय सदस्य रेविन्द्र कार्की,

रमेश सुवेदी, बाराका अध्यक्ष अजय साह, सचिव नरेश गुप्ता लगायत संगठनका सदस्यहरुको उपस्थिति रहेको थियो । उदघाटनपछि हुने बन्दसत्रले नयाँ नेतृत्व चयन गर्ने समाजवादी प्रेस संगठन पर्साका संयोजक मनोज पटेलले बताउनुभयो ।