पर्सा म्यानेजमेण्ट कलेजमा न्युनतम शुल्कमा पढ्न पाईने 

पर्सा म्यानेजमेण्ट कलेजमा न्युनतम शुल्कमा पढ्न पाईने 

वीरगन्ज, १८ साउन । अस्वस्थ प्रतिस्पर्धा र चर्को शुल्कका कारण आलोचित हुदै गएको निजी शैक्षिक संस्थाहरुको भीडमा न्युनतम शुल्कमा पठनपाठन हुने नयाँ शैक्षिक संस्थाको स्थापना भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर–८ पानिटंकी स्थित पर्सा म्यानेजमेन्ट कलेजको शुभाराम्भ भएको हो  ।

पूर्ण वातानुकुलित कक्षा सहितको भौतिक पूर्वाधार भएको कलेजको बुधबार एक समारोहकाबीच विधिवत शुरुवात गरिएको छ । १५ वर्षभन्दा लामो समयसम्म अध्यापनको अनुभव बटुलेका शिक्षक तथा प्रधायापकहरुबाट पठन पाठन गराइने कलेजको शुल्क न्यूनतम रहने कलेजका कोडिनेटर प्रकाश यादवले  जनकारी दिनुभयो ।

 व्यवस्थापन  तथा कानून विषयको कक्षा सन्चालन हुने पर्सा म्यानेजमेन्ट कलेज पर्सा जिल्लाको एक मात्र पूर्ण वातानुकुलित (एसी) कक्षा संचालन गरिने कलेज रहेको कोडिनेटर यादवले दावी गर्नुभयो । कलेजले विद्यार्थीहरुलाई बुधबारदेखि नै भर्ना आवेदन आह्वान गरेको छ ।

कलेजले पहिलो चरणको छात्रवृत्तिमा विद्यार्थीहरुले नाम निकाल्न सफल भएपछि निःशुल्क भर्ना गर्ने र तीन तीन महिनामा हुने आन्तरिक परिक्षामा उत्कृष्ट छात्र छात्रालाई छात्रवृत्तिको समेत व्यावस्था गरिएको कलेजका प्रिन्सीपल शुसिल ठाकुरले जानकारी दिनुभयो । दलित, अदिवासी, महिला, सहिद परिवार तथा गरिब, हसहाय, खेलाडी, कलाकार तथा पिछडिएका समुदायका विद्यार्थीलाई विशेष सहुलियत कलेजले व्यावस्था गरेको बताईएको छ ।

विद्यार्थीहरुलाई उत्प्रेरणा जगाउने, शैक्षिक भ्रमण, योग अभ्यास तथा स्वास्थ्य शिविर लगायतका अतिरीक्त कृयाकलापमा कुनै पनि शुल्क नलिने पनि ठाकुले जानकारी दिनुभयो । विहान ६ः२० बजे देखि १०ः४० सम्मम व्यवस्थापन  तथा बेलुका ४ बजे  देखि ७ः१५ सम्म कानून विषयको पढाई हुने कलेजका व्यवस्थापकले जानकारी दिनुभयो । प

छिल्लो समयमा शिक्षा क्षेत्रमा देखिएको व्यावसायीकरण भन्दा शिक्षाको गुणस्तरमा बढी पर्सा म्यानेजमेण्ट कलेज प्रतिवद्ध रहेकोपनि व्यावस्थापनले जनाएको छ ।