ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा रञ्जित यादव नियुक्त
वीरगन्ज, २१ जेठ । मुलुककै जेठो क्याम्पस ठाकुरराम बहुमुखी क्याम्पसको प्रमुखमा रञ्जित यादव नियुक्त हुनुभएको छ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर धर्मदेव बाँस्कोटाले यादवलाई नियुक्त गरेको हो ।
यादवलाई त्रिभुवन विश्वविद्यालय संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम, २०५० को परिच्छेद ५२ को नियम १८५ भएको व्यावस्था बमोजिम त्रि.वि.को कायृकारी परिषदको गत जेठ १६ गते बसेको बैठकले यादवलाई क्याम्पस प्रमुखमा नियुक्त गरेको जनाएको छ ।
यादव विज्ञान संकायको भौतिक शास्त्रतर्फ सहप्राध्यापकको रुपमा कार्यरत हुनुहुन्छ । यसअघि क्याम्पस प्रमुखको रुपमा रहनुभएका डाक्टर उमेश प्रसाद चौरसियाले राजिनामा दिएपछि क्याम्पस प्रमुखको पद रिक्त रहेको थियो ।
स्ववियु निर्वाचनमा विद्यार्थीहरुको अराजक प्रस्तुतीले आफूलाई अपहेलित महशुस गरेर क्याम्पस प्रमुखबाटै राजिनामा दिनुभएको थियो । स्ववियु निर्वाचनमा विवाद भएपछि निर्वाचन निष्पक्ष र विवाद रहित बनाउन भन्दै मार्ग प्रर्शस्त गरेर राजिनामा दिएको बताउनु भएको थियो ।