नृसिंह मावि विरुद्धको अल्पकालिन आन्तरिम आदेश निष्क्रिय 

नृसिंह मावि विरुद्धको अल्पकालिन आन्तरिम आदेश निष्क्रिय 

वीरगन्ज, १७ कार्तिक । वीरगन्जको वडा नम्बर १४ मा रहेको नृसिंह मावि पिपरामठ विषयमा उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले गरेको अल्पकालिन आन्तरिम आदेश निष्क्रिय भएको छ ।

विद्यालयले अभिभावकहरुसँग आर्थिक सहयोग लिएको विरुद्ध स्थानीय अभिभावकले उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जमा शुल्क नलिन अन्तरिम आदेश जारी गरिपाउँ भनेर परेको रिटमा भदौ ३१ गतेको सुनुवाईमा आर्थिक सहयोग रकम नलिनु, लिन नलगाउनु भनेर दिएको आन्तरिम आदेश दिएको थियो ।

उच्च अदालतको अस्थायी इजलासले आन्तरिम आदेश जारी गर्नुका साथै दुवैपक्षलाई छलफलका लागि पनि बोलाएको थियो । सोही अनुसार बुधबार भएको द्विपक्षीय छलफल तथा बहस पैरवीपछि उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगन्जले भदौ ३१ गते जारी गरेको अल्पकालिन आन्तरिम आदेशलाई निरन्तरता दिन नसकिने फैसला गरेको हो ।

उच्च अदालतले गरेको फैसलासँगै अल्पकालिन आन्तरिम आदेश निष्क्रिय भएको छ । नृसिंह माध्यामिक विद्यालयले अंग्रेजी माध्ययममा अध्ययन गर्ने विद्यार्थीहरुसँग आर्थिक सहयोगको नाममा मासिक रकम लिने गरेको थियो । विद्यालय व्यावस्थापन समिति र विद्यालयका प्राधानाध्यापकबीच कुरा नमिल्दा विद्यालय विरुद्ध अभिभावकहरुले अदालतमा रिट निवेदन हालेका थिए ।