जनतामा देखिएको निराशालाई आशामा बदल्ने छु : रहबर अन्सारी
वीरगन्ज, १७ कार्तिक । पर्सा निर्वाचन क्षेत्र नम्बर १ (१) बाट बाम लोकतान्त्रिक गठबन्धनबाट प्रदेशसभा सदस्य पदका उम्मेदवार रहबर अन्सारीले जनतामा देखिएको निराशालाई आशामा बदल्ने बताउनु भएको छ । बाम लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावी घरदैलो कार्यक्रममा क्रममा नेता अन्सारीले नेपाली नागरिक अहिले दुई किसिमले आक्रोशित भएको आफूले पाएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले जनता दुई किसिमले आक्रोशित देखिएका छन् । पहिलो जितेर गएकाहरुले काम नगरिदिदा र दोश्रो मतदाताहरु आफैले पनि पटक पटक त्यहि व्यक्तिलाई जिताएर पठाई रहँनुपर्दा आक्रोशित भएका छन् । मेरो उम्मेदवारी जनताको शान्ति र खुशीको लागि हो । निराशालाई आशामा बदल्नका लागि हो ।’
पर्सा निर्वाचन क्षेत्र नम्बर १ को (२) मा पर्ने क्षेत्रहरु ८० प्रतिशत कृषि पेशामा लागेका जनताहरु रहेकाले उनीहरुको कृषिबाट आर्थिक समृद्धि गर्ने, शिक्षामा देखिएका वेथिति र भ्रष्टाचार नियन्त्रण गर्ने लगायतका कामहरु ६ महिनाभित्रमा जनताले देखिने गरि काम गर्ने प्रतिवद्धता पनि जनाउनुभयो ।
निर्वाचनका समयमा भोट माग्न मात्रै होईन हरेक दिन आफ्ना क्षेत्रका जनतासँगै रहनुभएका अन्सारीले यसपटक भने आफूले क्षेत्रका जनताको सदभाव पाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘मतदाताले युवा खोजे छन् । शिक्षित खोजेका छन् । स्वच्छ छवि भएका र जनताको दुखसुखमा साथ दिने खोजेका छन् । ती सबै विकल्पको रुपमा उभिएको छु । सबैले देखेका छन् । मैले के गरेको छु भन्ने त्यसैले यसपालीको निर्वाचनमा मतदाताले न्याय गर्नुहुनेछ ।