मलाई कुनै नेताको दया दृष्टि भन्दा वीरगन्जका जनताको साथ चाहिएको छ : द्विवेदी 

मलाई कुनै नेताको दया दृष्टि भन्दा वीरगन्जका जनताको साथ चाहिएको छ : द्विवेदी 

वीरगन्ज, ५ कार्तिक । पर्सा क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अजय कुमार द्विवेदीले आफूलाई कुनै नेताको दयादृष्टि भन्दा वीरगन्जवासीको माया चाहिएको बताउनुभएको छ ।

शनिवार माइस्थानमा नेपाली कांग्रेस वीरगंज महानगर समितिले आयोजना गरेको चियापान कार्यक्रममा सहभागी द्ववेदीले त्यहा उपस्थित पत्रकाहरुको जिज्ञासाको जवाफ दिदै दीपावली र छठ बाट ज्ञान शक्ति विवेक आर्जन गरेर मतदान गर्दै गर्दा आफनो मनलाई मेरो प्रतिनिधि कस्तो चाहिन्छ भनेर सोध्न आग्रह गर्नुभयो ।

उहँले दीपावली र छठ पर्वको अवसरमा आम मतदाता र नागरिकलाई शुभकामना दिदै भन्नुभयो, ‘आफ्नो मनलाई सोध्दा भरोसा गर्न लायक मान्छे अजय द्विवेदी हो, भन्ने जवाफ आयो भने मतदान गर्नुहोस, मात्र भन्दिन तपाई जहाँ हुनुहून्छ त्यही अजय द्विवेदी बनेर उभिनदिनुस ।’

नेपाली कांग्रेसले अवसरको वितरणमा न्याय गर्न नसकेपछि पार्टी भित्रका कार्यकर्ता नेताहरुको मतलाई नेतृत्व प्रदान गर्दै बिद्रोह गरेर निर्वाचनको मैदानमा उत्रिएका द्विवेदीकालागि पार्टी पंक्तिको परिचालन जस्तो सुविधा भने प्राप्त छैन । त्यसैले उनले हरेक ठाउमा अजय बनिदिन आफना सर्मथकहरुलाई अपिल गर्नुभएको हो ।

उहाँले आम जनतालाई अपिल गर्दै भन्नुभएको छ, “आजको राजनीतिबाट जनता ठगिएका छन ,जसको कुनै मूल्य छैन आम जनताको महत्वलाई निषेध गरिएको छ । दलतन्त्र त्यो भित्र गुटतन्त्र र गुटतन्त्र भित्र पनि नेतातन्त्र हावी भएर लोकतन्त्रको अपहरण भएको यो संगीन अवस्थामा आम मतदाता प्रति भरोसा गरे तपाईको लोकतन्त्रको रक्षाकालागि चुनावमा होमिएको छु ।”

संबिधान सभाका सदस्य समेत रहेका द्विवेदी बडो भावुक हुदै भन्नुभयो, “उम्मेदवारको रुपमा भौतीक अनुहार त मेरो हो तर म त तपाईको र हाम्रो लोकतन्त्रको आवाज मात्र हो ।” नेपाली कांग्रेस पर्साको सभापति समेत रहेका द्विवेदी निरंकुश पंचायती तानाशाही ब्यवस्थाको विरुद्ध पर्सेली युवा बिद्यार्थीआन्दोलनका एक जुझारु अगुवा नेता समेत हुन् ।

तीनै द्विवेदी यतिवेला जनताको आवाज उठाउन अपहरित लोकतन्त्रको मर्मलाई जनताको सेवा कर्ममा फिर्ता ल्याउने अठोटका साथ निर्वाचनको मैदानमा उत्रिएको बताउनुहुन्छ । उहाँले आम मतदातालाई अपिल गर्दै भन्नुभयो, ‘तपाईको आवाज उठाउछ, लोकतन्त्रको लाभ आम जनतामा पुर्‍याउन भूमिका खेल्न सक्छ भन्ने लागेमा मत दिनुनहोला ।’

नेपाली कांग्रेसका सभापति मणीन्द्रलाल नेपालीको अध्यक्षतामा भएको चियापान कार्यक्रममा नेपाली कांग्रेसका नेताहरु जसपाका नेता नेजामुदिन समानी, प्रदेश सभा २ का स्वतन्त्र उम्मेदवार ओमप्रकाश सर्राफ नागरिक समाजका बिभिन्न सरोकार समूहका अगुवाहरुको सहभागिता रहेको थियो ।