भदौ ३० गते हुने अखिल क्रान्तिकारीको जिल्ला सम्मेलनको तयारी तीब्र
वीरगन्ज, २६ भदौ । नेकपा माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारी पर्साको जिल्ला सम्मेलन भदौ ३० गते हुने भएको छ । भदौ २४ गते बसेको कार्यलय बैठकले पर्सा जिल्लाको छैठौं जिल्ला सम्मेलन आयोजना गर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार विद्यार्थी नेताहरु अहिले तयारीमा व्यस्त रहेका छन् ।
माऊ पार्टी गुटबन्दीमा लागिरहेको बेला विद्यार्थी संगठनले भने आफ्नो प्रभाव जमाई रहेका छन् । बैठकले आर्थिकक ब्यास्थापनका लागि प्रभाकर गुप्ताको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरेको छ । हल तथा मञ्च ब्यावस्थापनमा संदीप बिक्रम साहको नेतृत्वमा ६ सदस्यीय समिति गठन गरेको छ ।
प्रचार प्रसार समितिमा बिबेक कुमार साहको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । प्रतिनिधि ब्यावस्थापनमा एहसान अंसारीको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेको छ । अतिथि ब्यावस्थापन तथा सत्कारमा सोयब आलमको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरेर तयारीलाई तीब्र बनाएको छ ।
अखिल क्रान्तिकारीका जिल्ला संयोजक कबिराज पटेलको अध्यक्षतामा बसेको बैठकमा नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष बिजय महतो, प्रदेश सदस्य रामदरस कुश्वाहा, अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य तथा प्रदेश सह–संयोजक प्रभाकर गुप्ता , केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज जुबैर आलम, अखिल क्रान्तिकारी स्वयम् सेवक बिभाग प्रदेश संयोजक ईसक कुमार, जिल्ला सह–संयोजक सन्दिप बिक्रम साह, बिरगंज महानगर अध्यक्ष बिबेक कुमार साहको उपस्थिति रहेको थियो ।