महानगर प्रमुखद्वारा वडा नम्बर ११ मा सडक ढलान तथा नाला निर्माणको शिलान्यास
वीरगन्ज, २६ भदौ । वीरगन्ज माहानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले वडा नम्बर ११ मा सडक ढलान र नाला निर्माणको सिलान्यास गर्नुभएको छ । नगरस्तरिय बजेटबाट वडा नम्बर ११ श्रीपुर मा निर्माण हुन लागेको ढलान सडक र नालाको आज नगरप्रमुख बिजय कुमार सरावगी शिलान्यास गर्नु भएको हो ।
सडक ढलान तथा नाला निर्माणको शिलान्यास गर्दै नगरप्रमुख सरावगीले बर्सौदेखि जीर्ण अवस्थामा रहेको त्यस क्षेत्रमा सडक र नाला निर्माणपछि आवत जावतमा सहज हुने बताउनुभयो । उहाँले ढलनाला निर्माणपछि पानीको पनि उचित निकास भई डुबानको समस्याबाट मुक्त हुने बताउनुभयो ।
वडा नम्बर ११ का वडा अध्यक्ष प्रद्युम्न सेढाँईको अध्यक्षतामा भएको कार्यक्रममा जनता समाजवादी पार्टी पर्साका जिल्ला अध्यक्ष रामनरेस यादव, सचिव तबरेज अहमद, लगायतको उपस्थिति रहेको थियो ।