विश्व प्राथामिक उपचार दिवसको अवसरमा कृत्रिम घटना प्रदर्शन 

विश्व प्राथामिक उपचार दिवसको अवसरमा कृत्रिम घटना प्रदर्शन 

वीरगन्ज, २६ भदौ । विश्व प्रथामिक उपचार दिवस आज मनाईएको छ । विभिन्न खालका घटना तथा दुर्घटनामा गरिने प्राथामिक उपचारको विषयमा जानकारी दिन विश्व प्रथामिक उपचार दिवस मनाउने गरिन्छ । नेपाल रेडक्र सोसाईटी पर्सा शाखाले पनि आज विश्व प्राथामिक उपचार दिवसको दिन दुर्घटनापछि गरिने प्रथामिक उपचारको बारेमा जानकारी दिन नमूना अभ्यास प्रदर्शन गर्दै प्रथामिक उपचार दिवस मनाएको छ ।

वीरगन्जको घण्टाघरमा मोटरसाईकलले तरकारी किनेर घर फर्कदै गरेका एक व्यक्तिलाई ठक्कर दिएर घाईते बनाई उनको उद्दार र प्राथामिक उपचार गर्दै गरेको कृत्रिम घटना प्रदर्शन गरेर प्राथामिक उपचार दिवस मनाएको हो । रेडक्रसकर्मीहरुले कृत्रिम दुर्घटनामा उद्दार र प्राथामिक उपचारपछि एम्बुलेन्समा अस्पतालसम्म पु¥याउने तरिका प्रदर्शन गरेका थिए ।

रेडक्रस स्वाथ्य सेवा समितिका संयोजक दिनानाथ रौनियारको सभापतित्वमा भएको कोणसभालाई सम्बोधन गर्दै नेपाल रेडक्रस सोसाइटी पर्साका सभापति बिरेन्द्रराज कंडेलले हरेक परिवारको एक जना, सम्भव भए सबैजना प्राथमिक उपचार गर्न प्रशिक्षित हुनुपर्छ भन्ने अवधारणाका साथ नेपाल रेडक्रस सोसाइटीले प्राथमिक उपचारलाई आफ्नो महत्वपूर्ण कार्यको रुपमा अगाडी बढाएको बताउनुभयो ।

कार्यक्रममा उपसभापति मधु राणा,  कोषाध्यक्ष महन्थ यादव, अधिकृत उदयराज शर्मा लगायतको उपस्थिति रहेको रेडक्रसका सहायक राजन श्रीवास्तवले जानकारी दिनुभयो । कार्यक्रमको उपमन्त्री साविर अहमद एराजले गर्नुभएको थियो ।