अशाेक टेमानीकाे नेतृत्वमा उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समिति चयन

अशाेक टेमानीकाे नेतृत्वमा उद्योग वाणिज्य महासंघ मधेस प्रदेश समिति चयन

जनकपुरधाम, २५ फागुन । नेपाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेेेश समितकाे प्रदेशसभा अशाेक टेमानीकाे नेतृत्वमा सर्वसम्मत चयन गर्दै सम्पन्न भएको छ ।

बिहीबार जनकपुरमा सम्पन्न चाैथाे प्रदेशसभाले टेमानीकाे नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा राजेश अग्रवाल, जितेन्द्र महासेठ र काेषाध्यक्षमा पण्डित प्रसाद जयसवाल चयन भएका छन् ।

समितिका सदस्यहरूमा राजकुमार साह, विरेन्द्र साह, श्रवण कुमार यादव,  भरत अग्रवाल लगायत रहेकाे निर्वाचन अधिकृत अधिवक्ता सञ्जिव काेईरालाले जानकारी दिनुभयाे । 

यसअघिका अध्यक्ष गणेश प्रसाद लाठकाे अध्यक्षतामा भएको उदघाटनसत्र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष अञ्जन श्रेष्ठकाे प्रमुख आतिथ्यता र रामचन्द्र संघईकाे विशिष्ट आतिथ्यतामा सम्पन्न भएको थियाे । 

कार्यक्रममा वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष डाक्टर  सुवाेध गुप्ता, पूर्व अध्यक्ष  प्रदीप केडिया, अशाेक वैद, गाेपाल केडिया, अनिल पटवारी, मनाेज दास, हरि गाैतम, माधव राजपाल लगायतका उद्योगी व्यावसायीहरूकाे सहभागीता रहेकाे थियाे ।