ठाकुरराम बहुमुखी क्याम्पसमा विवाद, तीनजना विद्यार्थी नेता पक्राउ 

ठाकुरराम बहुमुखी क्याम्पसमा विवाद, तीनजना विद्यार्थी नेता पक्राउ 

वीरगन्ज, २६ फागुन । चैत ५ गते हुने स्ववियु निर्वाचनको विषयलाई लिएर ठाकुरराम बहुमुखी क्याम्पसमा विवाद भएको छ । निर्वाचन समितिले मतदाता नामावली प्रकाशन गर्दा नक्कली विद्यार्थीहरुको समेत नामावली प्रकाशित गरेको आरोप लगाउदै विद्यार्थीहरुले विरोध गरेपछि विवाद भएको हो ।

आक्रोशित विद्यार्थीहरुले ठाकुरराम बहुमुखी क्याम्पस विद्यार्थी कल्याण तथा खेलकुद शाखामा आगजनी पनि गरेका छन् । एकपक्षले निर्वाचन अधिकृत रोशन लामिछानेले राजिनामा समेत माग गरेका छन् । प्रहरीले तीनजना विद्यार्थीहरुलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अखिल क्रान्तिकारीका विदेश विभाग उपप्रमुख तथा जिल्ला इन्चार्ज शिवम साह, एकीकृत समाजवादी निकटका सुजित गिरी र अनेरास्ववियुका अभिषेक चौहान पक्राउ परेका छन् । उनीहरु तीनैजनालाई जिल्ला प्रहरी कार्यालय पर्सामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।