नेपाली पत्रकारिताको विषयमा युरोपमा चर्चा

नेपाली पत्रकारिताको विषयमा युरोपमा चर्चा

वीरगन्ज । नेपाली पत्रकारिताको विषयमा युरोपमा पनि चर्चा गरिएको छ । नेपाल पत्रकार महासंघ युरोप शाखाले ‘बेल्जियम नेपाली पत्रकारिता विषयक’ अन्तरक्रिया आयोजना गरेर नेपाली पत्रकारिताको विषयमा चर्चा गरिएको हो । युरोप भ्रमणमा रहेका नेपाल पत्रकार महासंघको एक टोलीको सहभागितामा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको हो ।

नेपाल पत्रकार महासंघको टोलीमा गण्डकी प्रदेशका निवर्तमान अध्यक्षसमेत रहेका त्रिभुवन पौडेल, रमेश खतिवडा, केसी लामिछाने र सुनिल खड्का युरोप भ्रमणका क्रममा बेल्जियम पुगेका हुन्। कार्यक्रममा बेनेलक्स तथा युरोपियन युनियनका लागि नेपालका महामहिम राजदूत गेहेन्द्रराज राजभण्डारीको प्रमुख आतिथ्यता र कार्यबाहक अध्यक्ष केजिन राईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।  कार्यक्रममा शाखाका उपाध्यक्ष दिल निसानी मगरले स्वागत गन्तब्य राखेका थिए ।

अन्तरक्रियामा संचारकर्मीहरुलाई समस्या पर्दा युरोप शाखाले सहयोग र साथ दिएको भन्दै युरोप शाखाले गरेको योगदानको प्रशंसा गरिएको थियो ।  युरोपमा रहेका नेपाली समुदायहरूमा विभिन्न भर्चुअल कार्यक्रम आयोजना गरेर तत्कालिन समस्या समाधान र सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराउन शाखा सफल रहेको अतिथिहरूले स्मरण गरेका थिए ।

कार्यक्रममा एनआरएन बेल्जियमका कोषाध्यक्ष श्लोकेन्द्र नेपाल, व्यवसायी मनिस गुरुङ, महिला व्यवसायी कल्पना मगर लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको कार्यक्रममा सहभागी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य केसी लामिछानेले जानकारी दिनुभयो ।