वीरगन्ज कलेजका अध्यक्ष डा.चौधरीको शोधपत्र ९९ मध्य उत्कृष्ट २० औं नम्बरमा

वीरगन्ज कलेजका अध्यक्ष डा.चौधरीको शोधपत्र ९९ मध्य उत्कृष्ट २० औं नम्बरमा

वीरगन्ज, १९ पुष । वीरगन्ज कलेजका अध्यक्ष डाक्टर दिपेन्द्र कुमार चौधरीको शोधपत्र भारतमा उत्कृष्ट २० औं नम्बरमा पर्न सफल भएको छ ।

भारतको महाराष्ट्र स्थित बाबा साहेब अम्वडेकर मराठवडा विश्वविद्यालयमा विभिन्न देशहरुबाट सहभागी प्राध्यापकहरुले प्रस्तुत गरेको शोध पत्रहरु मध्य डाक्टर चौधरीको ‘नेपाली श्रम बजारमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभाव’ विषयको शोध पत्र उत्कृष्ट २० औं नम्बरमा परेको हो ।

पुष ९ गतेदेखि ११ गते (२२ देखि २४ डिसेम्बर २०२२) सम्म अल इण्डिया कमर्स एशोशिएसनले आयोजना भएको ७३ औं अल इण्डिया कमर्स कम्फ्रेन्समा डाक्टर चौधरीले ‘नेपाली श्रम बजारमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभाव’ विषयको शोधपत्र प्रस्तुत गर्नुभएको थियो ।

ट्रिब्यून नेपाल प्रालिका अध्यक्ष समेत रहनुभएका डाक्टर चौधरी पूँजी बजेटमा विद्यावारिधी गर्नुभएको उहाँ राष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘क’ श्रेणीको नेपाल विद्याभूषण पदकबाट विभूषित पनि हुनुहुन्छ ।

भारत, नेपाल, श्रीलंका भुटान लगायतका देशबाट झण्डै ३ हजार जना प्रोफेसरहरु सहभागी भएको सम्मेलनमा डा।चौधरीहरुको प्राविधिक विषयको प्रस्तुतीका लागि ५ सय ५० जना भन्दा बढीले शोधपत्र प्रस्तुत गरेका थिए ।

५ सय ५० जना भन्दा बढीले प्रस्तुत गरेको शोधपत्र मध्य छनोटमा परेका ९९ जनाको शोधपत्रमा डा.चौधरीको शोधपत्र २० औं नम्बरमा परेको हो ।

विभिन्न देशका प्रोफेसरहरुको बीचमा नेपालबाट एक्लो प्रतिनिधित्व गर्नुभएका डा.चौधरीले नेपालमा पछिल्लो समयमा सरकारले ऐन निर्माण गरेर कार्यान्वयनमा ल्याउँदा विवादित बनेको

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको विषयमा प्रस्तुत गरिएको ‘नेपाली श्रम बजारमा योगदानमा आधारित सामाजिक सुरक्षा कोषको प्रभाव’ भन्ने शोधपत्रले

नेपाली श्रम बजारको अवस्थालाई अन्तराष्ट्रिय श्रम बजारमा पनि अध्ययन गर्न र बुझ्न सहज भएको डा.चौधरीको दावी छ । डा।चौधरी इण्डियन कमर्स एशोसिएसनको नेपालबाट आजीवन सदस्यता लिएका दोश्रो व्यक्ति हुनुहुन्छ ।