बसपार्क र बाईपासक्षेत्र बाट पक्राउ परेका ३५ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा

बसपार्क र बाईपासक्षेत्र बाट पक्राउ परेका ३५ जना विरुद्ध अभद्र व्यवहारको मुद्दा

वीरगन्ज, २० पुष । वीरगञ्जको बसपार्क तथा ४० फिटको सडक क्षेत्रबाट यौनजन्य क्रियाकलापमा लागेको आरोपममा पक्राउ परेका ३५ जनामाथि प्रहरीले मुद्दा चालाइएको छ । यौनजन्य क्रियाकलापमा पक्राउ परेका ३० महिला र ५ पुरुषमाथि अभद्र व्यवहारको मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

बसपार्क तथा ४० फिटको सडक क्षेत्रमा सञ्चालित होटलहरुमा अवैध रुपमा यौनजन्य क्रियाकलाप हुने गरेको गुनासोको आधारमा प्रहरीले पुस १८ गते साँझ उनीहरुलाई पक्राउ गरेको थियो । होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीले चालेको कदमको स्वागत गर्नुभएको छ ।

गलत तरिकाले होटल व्यवसाय सञ्चालन गर्नेहरुका कारण स्वच्छ हिसाबले व्यवसाय गर्नेहरु पनि वदनाम हुने गरेको बताउँदै उहाँले अवैध गतिविधि नियन्त्रण गर्न प्रहरीलाई होटल तथा पर्यटन व्यवसायीले साथ दिने बताउनुभयो ।