प्रदेशमा २ मा संयुक्त गाँजा फडानी तथा बरामद अभियान शुरु

प्रदेशमा २ मा संयुक्त गाँजा फडानी तथा बरामद अभियान शुरु

वीरगन्ज, २८ कार्तिक । प्रदेश नम्बर २ मा सशस्त्र प्रहरी नेपाल र नेपाल प्रहरीले संयुक्त रुपमा गाँजा फडानी अभियान शुरु गरेको छ । नेपालमा कानूनी रुपमा प्रतिबन्धित गाँजा लुकाई छिपाई खेती गर्ने गरेको सूचनाका आधारमा प्रदेश नम्बर २ मा सशस्त्र प्रहरी र नेपाल प्रहरीले संयुक्त रुपमा गाँजा फडानी अभियान शुर गरेको छ ।

यही क्रममा कार्तिक २८ गते महोत्तरीको एकडाँरा गाउँपालिका वडा नम्बर–५गोनाहा बथनाहा, सोही गाउँपालिकाको वडा नम्बर–३ अजम्वरपट्टी, महोत्तरी गाउँपालिका ४ रानिरतुवाका बिभिन्ना स्थानमा अन्दाजी ८ बिगाहको क्षेत्रफलमा लगाईएको गाँजा फडानी गरेको छ ।

गाँजा फडानी गर्न महोत्तरी जिल्लााका प्रमुख जिल्ला अधिकारी सशस्त्र प्रहरी मुख्यालय नम्बर २ छिन्नानमस्ता बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगर, ९ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक

नेपाल प्रहरी महोत्तरीका प्रहरी उपरीक्षक, राष्ट्रिय अनुसन्धान कार्यालय महोत्तरीका अनुसन्धान उपनिर्देशक सहित सशस्त्र प्रहरीको ४५जना र नेपाल प्रहरीको ३० जनाको संयुक्त टोलीले गाँजा फडानी तथा बरामद गरी नष्ट समेत गरेको सशस्त्र प्रहरी मुख्यालय २ नम्बर छिन्नमस्ता बाहिनी बर्दिबासका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरले जानकारी दिनुभयो ।

सोही क्रममा सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १४ कामिटारमा अन्दाजी ३ बिगाह क्षेत्रफलमा लगाईएको गाँजा १० नम्बर गणबाट सशस्त्र प्रहरी नायव उपरीक्षक दिपेन्द्र थापाको नेतृत्वमा ४० जना र जिप्रहरी कार्यालय ण्सर्लाहीबाट प्रहरी निरीक्षक सुरेश ठाकुरको नेतृत्वमा २४ जना गरी दुवै सुरक्षा निकायको संयुक्त टोलीले गाँजा फडानी गरेको छ ।  आगामी दिनमा पनि यस्ता कार्यलाई निरन्तरता  दिईने प्रहरीले जनाएको छ ।