विश्व क्षयरोग दिवसमा जनचेतनामूलक कार्यक्रम सम्पन्न
ट्रिब्यून न्युज
वीरगन्ज, ११ चैत । वीरगन्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाले क्षयरोग विरुद्धको जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ । विश्व क्षयरोग दिवसको अवसरमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रमका प्रमुख अतिथि वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगी रहनु भएको थियो ।
उहाँले अहिलेको महामारीको रुप लिएको कोरोना जस्तै क्षयरोग पनि खतनारक भएकोले यसको उपचार बेलैमा गर्नुपर्ने बताउनुभयो । उहाँले विशेषगरी गरिब विपन्न समुदायमा यस्ता रोगको जोखिम बढी हुने भएकोले यसको न्युनिकरणका लागि जनचेतना आवश्यक रहेको बताउनुभयो । क्षयरोगको सरकारले निःशुल्क उपचार गर्ने भएकोले आपूmलाई क्षयरोग छ कि छैन भनेर चेकजाँच गराएर स्वस्थ रहनपनि उहाँले महानगरवासीहरुलाई सुझाव दिनुभयो ।
महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास महाशाखाका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत अरुण महतोको अध्यक्षतामा भएको कार्यक्रममा महानगरपालिका भरीका स्वास्थ्य संस्थाका प्रमुख तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । यसैबीच महानगरपालिकाले कोरोना संक्रमण फैलिन नदिनका लागि सीमामा हेल्थ डेस्कको स्थापनाका लागि जिल्ला स्थित सुरक्षा अधिकारी सहितको टोलीले निरीक्षण गरेको छ ।
वीरगन्ज भन्सार कार्यालयमा प्रिफ्याबको हेल्थ डेस्क निर्माणका लागि जग्गाको निरक्षण गरेको हो । पर्साका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङ, प्रहरी उपरीक्षक वेल बहादुर पाण्डे, सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खड्का सहितको टोलीले हेल्थ डेस्क स्थापनाको लागि जग्गाको निरीक्षण गरेको हो ।