मन्दिर स्थानान्तरण र व्यावस्थापनका लागि नगर प्रमुखद्वारा स्थलगत निरीक्षण
ट्रिब्यून न्युज
वीरगन्ज, ११ चैत । वीरगन्ज महानगरपालिका वडा नम्बर ८ मा निर्माण भईरहेको रेलवे सडकबीचको मन्दिर स्थानान्तरणका लागि महानगर प्रमुख विजय सरावगी सहितको टोलीले स्थलगत निरीक्षण गरेको छ ।
शहरी विकास डिभिजनद्वारा निर्माण भैरहेको रेल्वे रोडको बिचमा पर्ने दुईवटा मन्दिर अन्यत्र स्थानान्तरण गर्नुपर्ने भएकोले वडा नम्बर ८ का वडा अध्यक्ष राजकिशोर गुप्ता र नगर प्रमुख सरावगीको टोलीले बुधबार स्थानान्तरणका लागि स्थलगत निरीक्षण गरेको हो ।