नियन्त्रणमा लिएको भारतीय कण्टेनरमा भेटियो २४७ केजी गाँजा
वीरगन्ज, २८ असार । सशस्त्र प्रहरी आईसीपी र नेपाल प्रहरी पर्साले नियन्त्रणमा लिएको भारतीय खाली कण्टेनरबाट २४७ केजी गाँजा बरामद भएको छ । नेपालमा सामान अनलोड गरेर आईसीपी हुदै भारततर्फ जान लागेको एस आर ५५ एम २२०९ नम्बरको भारतीय कण्टेनरमा लुकाएर राखिएको सूचनाको आधारमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले भारतीय कण्टेनरलाई नियन्त्रणमा लिएको थियो ।
भारतीय कण्टेनरमा गाँजा लोड भएको सूचनाको आधारमा सशस्त्र प्रहरी निरीक्षक सुरेश लामाको नेतृत्वमा रहेको सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले आईसीपीबाट भित्र इन्ट्रि गर्न पार्किङमा राखिएको भारतीय कण्टेनरमा खान तलासी गर्दा कण्टेनरको हुटमा लुकाएर राखिएको २३ पोकामा रहेको २२७ किलो गाँजा बरामद गरेको हो । गाँजा फेला परेको कण्टेनरको चालक भने फरार रहेका छन् ।
बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका पछि थप अनुसन्धान जिल्ला प्रहरी कार्यालयले नै गर्ने भएकोले संयुक्त टोलीलाई जिल्ला प्रहरी कार्यालय पर्सामा गाँजा सहितको भारतीय कण्टनेर जिम्मा लगाईएको सशस्त्र प्रहरी उपरीक्षक खड्काले बताउनुभयो ।