शेर बहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने एमाले सांसदलाई कारवाही गर्न नमिल्ने
वीरगन्ज, २८ असार । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका माधव नेपाल पक्षका सांसदहरुलाई कारबाही गर्न नमिल्ने सर्वोच्च आदेश जारी गरेको छ ।
अदालतले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले साउन ३ गते साँझ ५ बजेभित्र प्रतिनिधिसभा बैठक बोलाउन परमादेश जारी गरेको हो ।
यसमा नेकपा एमालेले पार्टीको विरुद्ध गएर हस्ताक्षर गरेका सांसदहरुलाई कारवाही गर्न सक्ने चर्चा चलेपनि संविधानको धारा ७६ को उपधारा ५ बमोजिम सर्वोच्चले राजनीतिक दल सम्बन्धी ऐन बमोजिम अर्को दलका सांसदलाई कारबाही गर्न नमिल्ने फैसला सुनाएको हो । दलीय ह्विप नलाग्ने भएकोले एमालेका सांसदहरुलाई कारवाही नगर्न सर्वोच्चले आदेश दिएको हो ।
यस्तै अदालतले काँग्रेस सभापति शेरबहादुर देउवालाई दुई दिनभित्र प्रधानमन्त्री बनाउन पनि परमादेश गरेको छ । सर्वोच्चले संविधानको धारा ७६ ९५० मा ह्वीप नलाग्ने पनि भनेको छ।