नेता पुन उपचारको लागि चीन प्रस्थान
वीरगन्ज, १७ मंसिर । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्रं) का उपमहासचिव तथा पूर्वमन्त्री बर्षमान पुन ‘अनन्त’ चीन प्रस्थान गर्नुभएको छ । नियमित स्वास्थ्य चेकजाँचका लागि उहाँ चीन जानुभएको हो ।
पत्नी तथा पूर्व सभामुख ओनसरी घर्ती र छोरी शीला सहित पुन शनिबार चीनतर्फ प्रस्थान गर्नुभएको उहाँको सचिवालयले जनाएको छ ।
जटिल प्रकारको वंशाणुगत जण्डिसबाट पीडित पुनको स्वास्थ्यमा समस्या आएपछि चिकित्सकको परामर्शमा फलोअप उपचारका लागि शुक्रबार साँझ फ्लाई दुबइको उडानबाट चीन जानुभएको हो । चीनमा कोरोना महामारीका कारण लकडाउन भएकाले दुबई, ग्वान्झाओ हुँदै चीनको सेन्जेन जानुहुनेछ ।
नेता पुनको सेनजेनस्थित थर्ड पिपुल्स् अस्पतालमा उपचार हुनेछ । एक वर्षअघि पनि उनको सोही अस्पतालमा उपचार भएको थियो । स्वास्थ्यमा समस्या आएपछि उनी चुनावी समेत धेरै सक्रिय हुन सक्नुभएको थिएन ।