जानकीटोलामा छोटी भन्सार स्थापनाको पहल गर्न युवा नेता पटेलको अर्थमन्त्रीसँग माग

जानकीटोलामा छोटी भन्सार स्थापनाको पहल गर्न युवा नेता पटेलको अर्थमन्त्रीसँग माग

वीरगन्ज, ८ असोज । पर्साको जानकीटोलामा छोटी भन्सर कार्यालय स्थापना गर्न नेकपा माओवादी केन्द्र पर्सा क्षेत्र नम्बर ४ को (ख) का संयोजक एवं योंग कम्युनिष्ट लिग (वाईसियल) का केन्द्रीय सदस्य तथा पर्सामा इन्चार्ज गौरव सन्तोष पटेलले माग गर्नुभएको छ ।

पहिले पर्सा जिल्लाको वीरगंज भन्सार कार्यालयपछि दोस्रो बढी राजस्व उठाउने भन्सार जानकी टोला भन्सार रहेको भन्दै उक्त नाकामा भन्सार नहुँदा लाखौं राजस्व गुमाउन परिरहेकोले छोटी भन्सार स्थापना गर्न माग गर्नुभएको हो ।

भन्सार कार्यालय नहुँदा तस्करीको माध्यमबाट मालसामान भित्रिईरहेकोले जानकीटोलामा भन्सार कार्यालय स्थापना गर्न अर्थमन्त्री जनार्दन शर्माको ध्यानाकर्षण गराउनु भएको छ । जानकी टोला भन्सार सुचारु भए  देशमा थप आमदानीको स्रोत खुल्ने र नेपालको व्यापार व्यावसायमा पनि सहजता हुने उहाँले बताउनुभयो ।

अहिले वीरगन्ज भन्सार कार्यालय मातहतको छोटी भन्सार कार्यालयहरुमा कर्मचारी नहुँदा अधिकांश सामानहरु तस्करीको माध्यमबाट आउने गरेको छ । सीमाक्षेत्रमा खटिएका सुरक्षा निकायको आँखा छल्नसके आँखा छलेर नभए मिलेमतोमा नै पनि तस्करी हुने गरेको स्थानीयले बताएका छन् ।