रेम्डिसिभिर औषधि आयात गर्न चाहनेलाई तत्काल अनुमति दिने

रेम्डिसिभिर औषधि  आयात गर्न चाहनेलाई तत्काल अनुमति दिने

वीरगन्ज, २२ बैशाख । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमितलाई जटिल अवस्थामा दिईने रेम्डिसिभिर खोपको आयातलाई सहज बनाउने भएको छ ।

नेपाल औषधि व्यावस्था विभागले सार्वजनिक सूचना जारी गर्दै कोभिड–१९ संक्रमितहरुको संख्या वृद्धि हुदै गएको अवस्थामा उपचारका लागि अत्यावश्यक र आकश्मिक औषधिहरुको अभाव हुन नदिन आधिकारिक आयातकर्ताहरुलाई नियमित आयात गरेर वितरण गर्न समेत अनुरोध गरेको छ । आयातमा कुनै कठिनाईहरु भए विभागमा यथाशीघ्र सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

त्यस्तै कोभिड महामारीमा आवश्यक पर्ने रेम्डिसिभिर लगायतका अत्यावश्यक र आकश्मिक औषधिहरुको आयात गर्न इच्छुक कम्पनीहरुले आयात गर्न सक्ने परिमाण सहित आधिकारिक आयातकर्ताहरुबाट अनुमतिका लागि सिफारिस माग भई आएमा विभागले तत्काल सहजीकरण गरेर कानून अनुसार अनुमति प्रदान गर्ने समेत उल्लेख गरेको छ ।