डेङ्गुले पर्सामा एकजनाको मृत्यु
कृष्णमोहन साह
सेंढवा, २७ कार्तिक । पर्साको जीराभवानी गाउँपालिकामा डेङुले एकजना युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा जीराभवानी गाउँपालिका वडा नम्बर २ काठमाडौ टोलका ३५ बषीस्य श्रीराम मिर्दाहा हुनुहुन्छ।
उहाँलाइ वीरगन्जको हेल्थ केयर हस्पिटलमा उपचारको क्रममा कार्तिक १२ गते डेङ्गु संक्रमण देखिएको थियो । डेङ्गु संक्रमण भएपछि उहाँको अवस्था दिनप्रतिदिन जटिल बन्दै गएपछि कार्तिक २४ गते काठमाडौ रेफर गरिएको थियो । उहाँको शनिबार राती मृत्यु भएको परिवारिक श्रोतले जनाएको छ ।