आम विद्यार्थी मोर्चाद्वारा वीरगन्जमा संविधानको अन्त्यष्टि
वीरगन्ज, ३ असोज । प्रभु साह नेतृत्वको आमजनता पार्टी निकटको भातृ संगठन आम विद्यार्थी मोर्चाले वीरगन्जमा प्रदर्शन गरेको छ । संविधान दिवसकै दिन आईटी आर्मी, आम विद्यार्थी मोर्चा लगायतका संगठनले वीरगन्ज विभिन्न माग सहित प्रदर्शन गरेका हुन् ।
उनीहरुले संविधान दिवसकै दिन संविधानको अन्त्यष्टिदेखि किसानलाई पेनसनको व्यावस्था हुनुपर्ने लगायतका माग राखेर प्रदर्शन गरेका छन् । आम विद्यार्थी मोर्चाका इञ्चार्ज उमेश कुश्वाहाको नेतृत्वमा वीरगन्जको ओम पार्टी प्यालेसबाट शुरु भएको विरोध र्याली वीरगन्जको विभिन्न भाग परिक्रमा गरी पुनः घाण्टाघरमा आएर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा संविधानको अन्त्यष्टि गरेका थिए । साथै किसानलाई सहुलियत दिनुपर्ने, पेन्सनको व्यावस्था गर्नुपर्ने लगायतका माग राखेका छन् । विद्यार्थीलाई ४५ प्रतिशट सहुलियत हुनुपर्ने लगायतका पनि माग राखेका छन् ।
आम विद्यार्थी मोर्चाले सार्वजनिक सवारीमा विद्यार्थीलाई ४५ प्रतिशट छुट हुनुपर्ने माग यसअघिदेखि नै राख्दै आएका छन् । सोही क्रममा उनीहरुले आज पनि संविधान दिवसको दिन संविधान अन्त्यष्टि सहित विभिन्न माग राख्दै प्रदर्शन गरेका थिए ।