अखिल नेपाल महिला संघ क्रान्तिकारीको १३ नम्बर वडा कमिटि गठन
वीरगन्ज, ३ असोज । नेकपा माओवादी केन्द्रको भातृ संगठन अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को वडा नम्बर १३ मा वडा इकाई कमिटी गठन गरिएको छ ।
भेलाले सुकमति राईको अध्यक्षतामा १३ सदस्यीय अखलि नेपाल महिला संघ (क्रान्तिकारी) वडा इकाई कमिटी गठन गरिएको हो। वडा इकाई कमिटीको उपाध्यक्ष शोभा देवी दास, सचिव इन्दीरा चौधरी, सहसचिव अन्नु बर्णवाल, कोषाध्यक्ष गंगा सुवेदी र
सदस्यहरु राजध कमक राउत, दुर्गा लायोमगर, अनिता क्षेत्री ,सविता फुयाल, किरण दास, कविता जोशी, गीता देवी दास,रेणु तिमल्सिना लगायत रहेका छन् । अखिल नेपाल महिला संघ (क्रान्तिकारी) पर्सा जिल्ला इन्चार्ज दुर्गा क्षेत्री ,जिल्ला अध्यक्ष हिरा भट्टराई र प्रेस संगठन प्रदेश २ का सदस्य जगत राई लगायतको उपस्थितमा भेला समपन्न भएको थियो ।