एमाले मधेस प्रदेशको संसदीय दलको नेतामा चारजना दाबेदार
वीरगन्ज, २२ मंसिर । मधेस प्रदेसमा सबैभन्दा ठूलो दल बनेको नेकपा एमालेको संसदीय दलको नेतामा चारजना मुख्य दाबेदार देखिएका छन् । प्रत्यक्षतर्फ ६४ र समानुपातिकमा ४३ गरी कुल १ सय ७ सिट रहेको मधेस प्रदेशमा नेकपा एमालले प्रत्यक्षतर्फ १५ सिट जितेको छ ।
समानुपातिकतर्फ नेकपा एमालले ३ लाख ५१ हजार ७६८ मत सहित दोश्रो स्थानमा रहेको छ । मधेस प्रदेशसभाको संसदीय दलको नेतामा रामचन्द्र मण्डल, राजकुमार लेखी, सरोज यादव र मोम्मद समिरको दावी रहेको बताईएको छ । यद्यपि संसदीय दलको नेतामा रामचन्द्र मण्डलको सम्भावना बढी देखिएको छ ।
नेकपा माओवादी केन्द्रबाट आउनुभएका मण्डल यसअघिको प्रदेशसभामा माओवादी केन्द्रको तर्फबाट संसदीय दलको नेता बन्नुभएको थियो । नेकपा फुटेर नेकपा माओवादी र एमाले अलग भएपछि मण्डल नेकपा एमालेतिर लाग्नुभएको थियो । मण्डल मंसिर ४ गते सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा धनुषा निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा २ बाट प्रदेशसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।
सप्तरीको निर्वाचन क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट निर्वाचित राजकुमार लेखी पनि संसदीय दलको नेता बन्ने दौडमा हुनुहुन्छ । त्यस्तै महोत्तरीको निर्वाचन क्षेत्र नम्बर ४ को प्रदेशसभा १ बाट निर्वाचित सरोज कुमार यादव पनि संसदीय दलको नेताका प्रवल दावेदार हुनुहन्छ ।
त्यस्तै बारा निर्वाचन क्षेत्र नम्बर ३ को प्रदेशसभा २ बाट मोहम्मद समिर पनि संसदीय दलको नेताका आकाक्षी रहनुभएको छ । यी चारजना प्रदेशसभा सदस्य मध्य संसदीय दलको नेताको भूमिकामा रहीसकेका रामचन्द्र मण्डल नै फेरी दोहोरीन सक्ने सम्भावना रहेको छ । राजकुमार लेखीले व्यक्तिगत रुपमा बाहिर चर्चा नगरेपनि पार्टीका नेताहरुबीच चाही लेखी नै संसदीय दलको नेता हुनुपर्ने चर्चा पनि चलेको छ ।
लेखीले भने संसदीय दलको नेता छान्ने ठाउँ प्रदेशसभा भएकोले बाहिर धेरै चर्चा नगरिएको बताउनुभयो । उहाँले अनुभव, क्षमता र संगठनमा दिएको योगदानको आधारमा पार्टीले मूल्यांकन गरेमा जिम्मेवारीबाट पछि भने नहट्ने बताउनुभयो । यी चारैजना पार्टीमा पनि केन्द्रीय सदस्य छन् । संसदीय दलको नेता मात्रै होईन नेकपा एमाले मधेस प्रदेशको पहिलो ठूलो दल भएकोले सरकारको नेतृत्व नै गर्नुपर्ने हो ।
तर, सरकारको नेतृत्व गर्नका लागि आवश्यक ५४ सिट पु¥याउन एमालेलाई सकस भएकोले मधेस प्रदेशमा एमालेको सरकार बन्नेमा सम्भावना न्यून देखिन्छ । यद्यपि सरकारको नेतृत्व गर्ने जनादेश भने एमालेले पाएको छ । राजनीतिमा देखिएको गलत प्रणालीकै कारणले अहिले एमालेले सरकार गठन गर्ने अवस्था भने नदेखिएको एमालेका प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले बताउनुभयो ।