बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगन्ज, २२ मंसिर ।  जिल्ला प्रहरी कार्यालय पर्साले बिल विजक भन्दा बढी सामान लोड गरेको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ ।

वीरगञ्जबाट कास्कीतर्फ गईरहेको अवस्थामा वडा प्रहरी कार्यालय वीर्ताबाट खटिएको प्रहरी टोलीले मंगलबार राति पर्साको वीरगञ्ज महानगरपालिका वडा नं। ६ लोहारपट्टी चोक स्थित सडकखण्डमा ना. ३ ख. २७७ नम्बरको मालवाहक ट्रक नियन्त्रणमा लिएको थियो ।

नमस्ते ट्रान्सपोर्टबाट पठाईएको ट्रकमा विल बिजक शंकास्पद देखिएपछि  चेकजाँच गर्दा ६१ लाख ४६ हजार १२ रुपैया बराबरको खुद्रा, लत्ताकपडा तथा औषधीजन्य सामाग्रीहरू फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

नियन्त्रणमा लिईएको सामान सहितको ट्रक थप अनुसन्धान कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताउनुभयो।