वीरगन्जमा युवक मृत फेला, जगरनाथपुरमा घाँटी रेटेर महिलाको हत्या
वीरगन्ज, २ असोज । वीरगञ्ज महानगरपालिकाको छपकैयाँमा एक जना युवाको अर्धनग्न अवस्थामा फेला परेको युवाको शव रहस्यमयी बनेको छ । छपकैयाँमा रहेको रक्त संचार (ब्लड बैंक) को पछाडिको गल्लीको सडकमा एक युवकको बेवारिसे अवस्थामा युवकको शव फेला परेको हो ।
फेला परेको शवको बारेमा विभिन्न शंका उत्पन्न भएको छ । युवकको शवको प्रकृतिले घटना रहस्यमयी बनाएको हो । मंगलबार बिहान शव देखेपछि स्थानीयले दिएको सूचनाको आधारमा प्रहरीले शव उद्धार गरेको हो ।
फेला परेको शवको बारेमा विस्तृत अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ । नाम र ठेगाना खुल्न नसकेको अन्दाजी ३० वर्षीय युवकको शवलाई भने पोष्टमार्टमका लागि नारायणी अस्पतालमा राखिएको छ ।
त्यस्तै आज बेलुकी अपरान्ह ४ बजेको समयमा पर्साको जगरनाथपुर गाउँपालिकामा घाँटी रेटेर हत्या गरेको अवस्थामा शव भेटिएको छ । जगरनाथपुर गाउँपालिका वडा न ५ मसियानिमा बस्ने करिब ४० वर्षीय कान्ति देबी मुखियाबिनको आफ्नो घरमै घाँटी रेटेर हत्या गरिएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय पोखरियाका प्रहरी निरीक्षक मोहन विक्रम केसीले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक केसीका अनुसार मसिहानी स्थित नहरको छेउमा रहेको घरमा एक्लै बस्दै आएकी कान्तीदेवीको दुई छोरा मध्य एक छोरा वैदेशिक रोजकारीको सिलसिलामा मलेसियामा रहेको र एउटा छोरा हेटौंडामा बस्दै आएका छन् । आज दिउँसो छिमेकीले उसलाई घर वरिपरी नदेखेपछि घरमा बोलाउन जाँदा उनी मृत भेटिएपछि प्रहरीलाई खबर गरेका थिए ।
घटनाको जानकारी पाएपछि गएको प्रहरीको टोलीले घरको ढोका खोलेर हेर्दा घाँटी रेटिएको अवस्थामा कान्तिदेवी भेटिएको प्रहरी निरीक्षक केसीले बताउनुभयो । घटनास्थलमा लाशको प्रकृति जाँच मुचुल्का तयार गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।