लायन्स क्लब अफ वीरगन्जको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न 

लायन्स क्लब अफ वीरगन्जको आयोजनामा लोकनृत्य प्रतियोगिता सम्पन्न 

वीरगन्ज, ९ भदौ । लायन्स क्लब अफ वीरगन्जको आयोजनामा आज लोकनृत्य प्रतियोगिता सम्पन्न भएको छ । वीरगन्जको टाउनहलमा भएको प्रतियोगिताको प्रमुख अतिथि मधेस प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अन्सारीले उदघाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै उहाँले नेपालका सबै भाषा, संस्कृति, भेषभूषा र संस्कारले नै राष्ट्रिय एकता कायम हुने बताउनु भयो ।

उहाँले विद्यार्थीहरुले प्रस्तुत गरेको प्रतिभाले नेपालमा बसोवास गर्ने समुदायको स्पष्ट झल्को दिएको भन्दै यस्ता कार्यक्रम निरन्तर गरेर भाषा, संस्कृतिलाई बचाउन आवश्यक रहेको औल्याउनु भयो । उहाँले लायन्स क्लबले मात्रै होईन देशका अन्य संघ संस्थाहरुले यसबाट प्रेरणा लिनुपर्ने बताउनुभयो । प्रतियोगितामा मनकामना मावि प्रथम, साउथ जोन मावि द्वितीय र गौतम माध्यामिक विदालय तृतीय भएका छन् ।

प्रतियोगितामा लिटल एञ्जल्स र एञ्जल इन्टरनेशनले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगिताका विजयी विद्याललाई प्रमुख अतिथि, विशिष्ट अतिथि लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । लायन्स क्लब अफ वीरगन्जको आयोजनामा भएको कार्यक्रममा विशिष्ट अतिथि लायन्स क्लबका संस्थापक अध्यक्ष डाक्टर रामअवतार खेतान, लायन्स क्लब अफ डिष्ट्रिक ३२५ एसका महासचिव बासु तिमिल्सिना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज मधेस प्रदेशका इन्चार्ज नीरज पिठाकोटे मगर,

प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । प्रतियोगितामा वीरगन्जका २० वटा विद्यालयले भाग लिएको कार्यक्रमका संयोजक लायन छेडुप लामाले जानकारी दिनुभयो । सञ्चारकर्मी सूर्य शुभचिन्तकले सञ्चालन गरेको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक छेडुप लामाले गर्नुभएको थियो ।