पर्साका १०९ सहित १५१ जनामा कोरोना संक्रमण पुष्टि

पर्साका १०९ सहित १५१ जनामा कोरोना संक्रमण पुष्टि

वीरगन्ज, २३ बैशाख । नारायणी अस्पतालको प्रयोगशालामा गएराति गरिएको पीसीआर परीक्षणमा पर्साका १०९ जना सहित १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पर्साबाट संकलन गरिएको १९२ स्वाबको प्रयोगशालामा पीसीआर र एन्टिजेन परीक्षण गर्दा १५१ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोअर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

१३२ जनाको पीसीआर र १९ जनाको पीसीआर परीक्षणबाट रिपोर्ट पोजेटिभ आएको उहाँले बताउनुभयो । गएराति १९२ जनाको परिक्षण गर्दा १५१ जनामा संक्रमण पुष्टि भएको हो । गएराति थपिएका १५१ जना मध्ये पर्सा जिल्लाका १०९ जना छन् । यस्तै बाराका ३० , सर्लाहीका ७ र रौतहटका  ५ जनामा पनि संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर दासले जानकारी दिनुभयो ।

यसअघि मंगलबार राति पनि  नारायणी अस्पतालको प्रयोगशालामा  २ सय ८८ जनाको परिक्षण गर्दा १ सय ९० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो  । कोरोना संक्रमणको दोश्रो लहर शुरु भएपछि बैशाख महिनामा मात्रै वीरगन्जमा २२ सय  भन्दा बढी,  कोरोना संक्रमित भएका छन् । वीरगन्ज स्थित नारायणी अस्पतालको प्रयोगशालामा बैशाख १ गते देखि बैशाख २२ गते राति सम्म ३ हजार ६ सय ४७ जनाको परिक्षण गर्दा ती मध्ये २ हजार २ सय ५३ जनामा संक्रमण भेटिएको हो ।

वीरगन्जमा पछिल्लो २२ दिनको अवधीमा मात्रै २ हजार २ सय ५३ जना संक्रमित थपिएको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो । वीरगन्जमा  बैशाख यता कोरोना संक्रमण दर औसत ६१ प्रतिशत रहेको उहाले  बताउनुभयो  । गएराति मात्रै वीरगन्जमा १५१ जना संक्रमित थपिएका हुन् ।