बीरगन्जमा छाडा कुकुरको बन्ध्याकरण सुरु
बीरगन्ज । बीरगन्ज महानगर पालिकाले सडकमा देखिएका छाडा कुकुरहरुको बन्ध्याकरण गर्न शुरु गरिएको छ । बीरगन्जमा सडकमा देखिएका छाडा कुकुरहरुको संख्या नियन्त्रण गर्न यो अभियान सुरु गरिएको बीरगन्ज महानगर पालिकाका नगर प्रमुख राजेश मान सिंहले जानकारी दिनुभयो ।
भुस्याहा कुकुरको बन्ध्याकरणसँगै रेबिज रोग नियन्त्रण कार्यक्रम पनि शुरु गरिएको छ । छाडा कुकुरहरूलाई दैनिक नियन्त्रणमा लिएर नेशनल ट्रेडिङ परिसरमा स्थापना गरिएको बन्ध्याकरण क्याम्पमा बन्ध्याकरण गरिने गरिएको छ ।
द जेन गुडअल ईन्स्टिच्युट नेपाल संस्थाले बन्ध्याकरणको गर्दै आएको छ । मंगलबार ४० वटा छाडा कुकुरको बन्ध्याकरण र रेबीज खोप लगाइएको संस्थाका प्रशासकीय अधिकृत रमेश सापकोटाले जानकारी दिनुभयो । पहिलो चरणमा करीब १ हजार कुकुर को बन्ध्याकरण गरिने बताईएको छ ।