महानगरले संरचना बनाएको छैन, गलत भ्रम फैलाईयो : महानगर प्रमुख सरावगी

महानगरले संरचना बनाएको छैन, गलत भ्रम फैलाईयो : महानगर प्रमुख सरावगी

वीरगन्ज, २८ असार । वीरगन्ज महानगरपालिका नगर प्रमुख विजय कुमार सरावगीले विपी उद्यान निर्माणको विषयमा गलत भ्रम फैलाएर जनतालाई भड्काउने काम गरेको आरोप लगाउनु भएको छ । नेपाल यातायात संस्थानसँग वीरगन्ज उपमहानगरपालिकाले खरिद गरेको वीरगन्जको घण्टघार छेउको १० बिघा जग्गामा विपी उद्यान बनाउनुको सट्टा महानगरले सवारी पार्किङ स्थलका लागि ढलान गर्न थालेको भन्दै  सामाजिक सन्जालमा महानगर विरुद्ध टिकाटिप्पणी हुन थालेपछि आईतबार दिउँसो नगर प्रमुख सरावगीले पत्रकार सम्मेलन नै गरेर कुरै नबुझी जनतालाई गलत भ्रम फैलाईएको बताउनु भएको हो ।

नगर प्रमुख सरावगीले वास्तविक कुरै नबुझेर केही व्याक्तिले वीपी उद्यानको बारेमा सामाजिक सन्जालामा गलत हौवा फैलाएर जनतालाइ भड्काएर महानगरलाई बदनामा गराउन खोजेको बताउनुभयो । यातायात संस्थानसंग तत्कालिन उपमहानगरपालिकाले खरिद गरेको जग्गामा वीपी उद्यान नै निर्माण हुने प्रष्ट पार्दै नगर प्रमुख सरावगीले महानगरले जग्गा मात्रै उपलब्ध गराएको बताउनुभयो । वीपी उद्यानका लागि ३५ करोड परियोजना रहेको र चालू आर्थिक बर्षमा संघ सरकारले पठाएको चार करोड बजेट मध्यबाट अहिले शहरी भवन डिभिजन कार्यालयले पार्किङको काम गरिरहेको उहाँले बताउनुभयो ।

ठूलो बजेटको परियोजना भएकोले वीरगन्ज महानगरपालिकाले त्यसको स्रोत जुटाउन नसक्ने हुँदा संघीय सरकारसँग प्रस्ताव गरेको र संघीय सरकार अन्तर्गतको सहरी विकास मन्त्रालयले नै निर्माण गरिरहेको बताउनुभयो । चालू आर्थिक बर्षमा ४ करोड र आगामी आर्थिक बर्षको लागि पनि २ करोड बजेट विनियोजन भएको महानगर प्रमुख सरावगीले बताउनुभयो ।

 वीपी उद्यान र नगवा पोखरी सौन्दर्यकरणका लागि गरी ६० करोड बजेट मध्य चालू आर्थिक बर्षमा चार करोड मात्रै आएको र त्यसले  मध्य ३ करोड २० लाखमा कम्पाउण्ड घेर्ने र ढलान गर्ने काम भएको शहरी विकास मन्त्रालय अन्तर्गतको सहरी भवन डिभिजन कार्यालय वीरगन्जले जनाएको छ । परियोजना अन्तर्गत धेरै संरचना निर्माण गर्नुपर्ने भएको र सरकारले बजेट कम पठाएकोले सोही अनुसार नै संरचना निर्माण शुरु गरिएको सहरी विकास तथा भवन डिभिजन कार्यालय वीरगन्जका प्रमुख प्रदीप सिंहले बताउनुभयो ।

महानगरपालिकाको १० बिघा मध्ये २ बिघामा सभागृह , ४ बिघामा उद्यान , २ बिघामा खुल्ला मन्च र बाँकी जगामा सवारी पार्किङ स्थल निर्माण गरिने गरि डिपिआर तयार गरिएको महानगर प्रमुख सरावगीको भनाई छ । उहाले २०६० सालामा यातयातसंस्थानसंग तत्कालीन उपमहानगरपालिकाले १० करोड रुपैयामा खरिद गरेको १० बिघा जग्गाको रजिष्ट्रेशनमै विपी उद्यान बाहेक अन्य कुनै प्रयोजनका लागि प्रयोग गर्नै नपाइने भनेर लेखिएकाले उक्त जग्गामा विपी उद्यान नै निर्माण गरिने प्रष्ट  पार्नुभयो । प्रदेश सरकारले यसअघि शहिद पार्क निर्माणका लागि ७५ लाखको बजेट विनियोजन गरेर शिलान्यास गरेको थियो ।

तर, महानगरपालिकासँग समन्वय नगरी शिलान्यास गरिएको भन्दै महानगर प्रमुख सरावगीले असन्तुष्टि जनाएपछि शिलान्यास गरेर मात्रै छाडिएको छ । 

नेपाली कांग्रेस पर्साको आपत्ति 

           त्यसबेला शहिद पार्क निर्माण लागि शिलान्यास गरिँदा वीपी उद्यानमा शहिद पार्क निर्माण गरिनु अन्याय हुने भन्दै नेपाली कांग्रेसले विरोध जनाएको थियो । अहिले पनि नेपाली कांग्रेसले वीपी उद्यानमा भईरहेको संरचना निर्माणको विरोध गरेको छ । नेपाली कांग्रेस पर्साका सभापति अजय कुमार द्विवेदीले सोमबार एक विज्ञप्ति जारी गर्दै वीपी उद्यानको मूल संरचना निर्माण नै नगरी पार्किङ एरिया मात्रै भनेर महानगरपालिकाले अवैज्ञानिक ढंगले संरचना निर्माण गरेको भन्दै ध्यानकार्षण भएको जनाएको छ । वीपी उद्यानमा पार्किङको नाममा भईरहेको ढलान संरचनाको निर्माण रोक्न पनि माग गरेको छ ।