नारायणी अस्पतालमा २६ बर्षीय युवककाे काेराेना संक्रमणका कारण मृत्यु
वीरगन्ज, २१ बैशाख । वीरगन्जकाे नारायणी अस्पतालमा २६ बर्षीय युुुवककाे काेराेना संक्रमणका कारण मृत्युु भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १६ का युवककाे मंगलबार बिहान ११:३० मा मृत्यु भएको नारायणी अस्पतालका काेभिड काेअर्डिनेटर डाक्टर सराेजराेशन दासले जानकारी दिनुभयाे । स्वास्थ्यमा समस्या अाएपछि नारायणी अस्पतालमा भर्ना गरि एन्टिजेण्ट विधिबाट परीक्षण गर्दा उनमा काेभिड पुष्टि भएको थियाे । उनकाे उपचारका क्रममा मंगलबार मृत्यु भएको हाे ।