पटेर्वा सुगौली गाउँपालिकामा भूमि सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
वीरगन्ज, २५ माघ । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा राष्ट्रिय भूमि आयोगको आयोजनामा भूमि सम्बन्धी एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा सहभागी पालिकाका जनप्रतिनिधीहरुलाइ भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुको पहिचान कसरी गर्ने, कसलाई भूमि उपलब्ध गराउने, सूचना कसरी संकलन गर्ने लगायतका बारेमा राष्ट्रिय भूमि आयोग पर्साका अध्यक्ष तबरेज अहमद र आयोगका विज्ञ सदस्य हिमाल चन्द गौतमले प्रशिक्षण दिनुभएको थियो ।
पटेर्वा सुगौली गाँउपालिकाका अध्यक्ष दिनेश चौधरीको अध्यक्षतामा कार्यक्रममा पालिकाका सबै वडामा रहेका भूमिहिन, सुकुम्बासी, दलित एंव अव्यवस्थित बसोबासीहरुलाई जग्गा उपलब्ध गराउने विषयमा आगामी दिनमा कसरी अगाडि बढ्ने विषयमा पनि छलफल भएको आयोगका अध्यक्ष अहमदले जानकारी दिनुभयो ।