उद्योग व्यावसायमा पुस्ता हस्तान्तरण

उद्योग व्यावसायमा पुस्ता हस्तान्तरण

विभिन्न कालखण्डमा भएको राजनीतिक परिवर्तनले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र घोषणा गरेसँगै विरासतमा पाउँदै आएको राज्य संचालनको पुस्ता हस्तान्तरणको अन्त्य भयो । विभिन्न चरणमा भएको आन्दोलनकै उभारले नेपालको राजनीतिक इतिहासमा २४० बर्षको एकल जातीय पुस्ता हस्तान्तरणको शासन व्यवस्था अन्त्य त भयो । तर, ती शासन व्यवस्था अन्त्य गर्न आन्दोलनको अग्रमोर्चामा रहेका तीनै राजनीतिक व्यक्तिहरुकै वरिपरी अझै पनि नेपालको राजनीति घुमिरहेको छ । अझ भनौ २००७ सालको परिवर्तनका लागि लडेको व्यक्तिहरु कै राजनीतिक सक्रियता अहिलेको शासन व्यावस्थामा पनि प्रभाव जमाएर बसेको छ । शासन व्यावस्था परिवर्तन भएपनि अवस्था भने उही छ । तुलनात्मक रुपमा केही परिवर्तनको संकेतहरु देखिएपनि अपेक्षाकृत परिवर्तन नहुनुमा भने पूराना पुस्ताका राजनीतिक व्यक्तिहरुको प्रभाव र सक्रियता अथवा पुस्ता हस्नतान्तरण नहुनु नै हो । राजनीतिमा पुस्ता हस्तान्तरणको विकास नहुनु नै परिवर्तन र विकासको बाधक मान्न सकिन्छ । ०४६ को दशकपछि नेपालमा भएको औद्योगिक क्षेत्रको विकाससँगै नेपालमा निजीक्षेत्रका उद्योग व्यावसायमा भने पुस्ता हस्तान्तरण तीव्र भएको छ । यसकै फलस्वरुप उद्योग व्यवसायमा व्यापक परिवर्तन आएको छ । खासगरी प्रथम ऐतिहासिक जनआन्दोलन पश्चात परिवर्तन भएको बहुदलीय व्यावस्थापछि नेपालमा उद्योग व्यवसायको विकास भएको हो । उद्योग व्यवसायको विकाससँगै निजीक्षेत्रमा पुस्ता हस्तान्तरणले पनि आर्थिक विकास चलायमान भएको विश्लेषकहरुले बताउने गरेका छन् । राजनीतिमा पूराना मानसिकताका व्यक्तिहरुकै प्रभावका कारणले परिवर्तन हुन नसकेको र निजीक्षेत्रको उद्योग व्यावसायमा नयाँ पुस्ताको सक्रियता र पूराना पुस्ताले पनि सहजै पुस्ता हस्तान्तरण गर्दा परिवर्तनमा सहजता आएको छ । आफ्ना पिताले स्थापना गरेको उद्योग व्यवसाय होस् वा व्यापार नै किन नहोस, त्यसलाई दोस्रो पुस्ताले हेर्ने गर्ने क्रम नेपालमा पछिल्लो समयमा बढ्दै गएको छ । विदेशी ज्ञान र सीप लिएर स्वदेश फर्किएका युवा (छोरा वा नाति) पुस्ताले आफ्ना पितापुर्खाले गरेको व्यवसायलाई आधुनिक तरिकाबाट अगाडि बढाउँदा त्यसले सफलता पनि पाएको देखिन्छ । कतिपय अवस्थामा पहिलो पुस्ता अर्थात् बुबाहरु सक्रिय रुपमा दैनिक दौडधुप गर्न नसक्ने वा सक्रिय राजनीतिमा लाग्न थालेपछि व्यवसायको जिम्मा स्वतः दोस्रो वा तेस्रो पुस्तामा सरेको देखिन्छ भने अहिले छोरा वा नातिलाई व्यवसायप्रति आकर्षित गर्न पनि कमै उमेरमा जिम्मेवारी दिन थालिएको पाइन्छ । कतिपय उद्योगी÷व्यवसयीले आफ्नो व्यापार व्यवसायलाई थप अघि बढाउन मात्रै होइन, व्यवसायलाई समयसापेक्ष बनाउँदै अघि लैजान पनि दोस्रो पुस्ताले नेतृत्व लिनुपर्ने धारणाहरु पनि राखेका छन् । पूराना पुस्ताको अनुभव र नयाँ पुस्ताका युवाहरुको सीप, जोश जाँगर र विकसित सूचना प्रविधिको पहुँचले पनि पुस्ता हस्तान्तरणपछिको उद्योग व्यावसायहरु चलायमान भएको पाईन्छ । 

व्यवसायलाई परिमार्जित र विस्तार गर्न सकिन्छ 
गणेश लाठ 
(गणेश ट्रेडिङ सेण्टर) वीरगन्ज । 
स्व. गोरखराम लाठ, स्व. बृजलाल लाठ र स्व. बिहारीलाल लाठ परिवारबाट उद्योग व्यवसायमा आएका गणेश लाठ वीरगन्ज उद्योग वाणिज्य संघको पूर्व उपाध्यक्ष एवं हाल उद्योग वाणिज्य महासंघ मधेस प्रदेशका अध्यक्ष हुनुहून्छ । उहाँ व्यवसायमा लागेको चारदशक भन्दा बढी भएको छ । खाद्यान, कृषि मेशिन तथा उपकरणको आयात, सोयाबडी तथा कपडा उद्योग, मार्वल, टायल्स, सेनेटरी समानको आयातको व्यावसायमा आवद्ध लाठ नेपालभरि थोक तथा खुद्रामा मालसमान विव्रmी वितरण गर्ने गर्नुहुन्छ । उहाँको झण्डै चारदशक पुरानो चामल मिल थियो । भारतीय चामलसँग बढ्दो प्रतिस्पर्धा गर्न नसकेर अहिले बन्द गरेका छन् । त्यस्तै ३० साल पुरानो चकलेट कारखाना थियो । त्यसमा पनि त्यही विदेशी चकलेसँग प्रतिस्पर्धा गर्नुपर्ने र श्रम कानुनपनि जटिल हुँदै गएपछि लामो समयसम्म हड्तालको मारमा हार खाएर बन्द गनुभयो । तत्पश्चात् मार्वल, टायल्स, सेनेटरी समानको आयातमा लाग्नुभयो । उहाँको बुवाले शुरु गर्नुभएको गणेश ट्रेडिङ्ग सेन्टर त्यसपछि उहाँ र उहाँका दाइ अशोक कुमार लाठको जिम्मामा आयो । अहिले तेस्रो पुस्ता अर्थात भतिज र छोरा (आशिष, मनिष)को जिम्मामा सरेको छ । व्यवसायमा पुस्ता हस्तान्तरणले फरक पर्ने उहाँ बताउनुहुन्छ । उहाँको बुझाईमा नयाँ पुस्ताले नविनतम सोच बोकेको हुन्छ । नयाँ उर्जा र जाँगरका साथ चलाउन खोज्छ । नयाँ विचार, व्यावस्थापन, सीप प्रविधि पनि भित्र्याउन ठूलो सहयोग पुर्‍याएको उहाँले बुझ्नुभएको छ । परम्परागत व्यवसाय आमुल परिवर्तन ल्याउन नसक्ने उहाँको तर्क छ । एक हदसम्म पहिलेको संरचना बनिसकेको हुन्छ । त्यही संरचना भित्र बसेर मात्र परिवर्तन सम्भव नहुने उहाँ बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “परम्परागत व्यावसायमा एक सुरक्षा कवच लागेको हुन्छ । चुनौती अथवा जोखिमका सम्भावना अपेक्षाकृत रुपमा कम हुन्छन् । तर आधुनिक व्यवसायमा सुरुदेखि नै नयाँ संरचना तैयार गर्नु पर्ने हुन्छ । यस कारण तपाईका योजनालाई साकार रुपदिन अपेक्षाकृत रmपमा सजिलो हुन्छ । यस कारण आधुनिक ब्यवसायमा अवसरहरm पनि ब्यापक नै उपलब्ध हुन्छन् । तथापि चुनौती हरm पनि उतिकै हुन्छन् ।” संसारमा कुनै पनि तत्व सास्वत नहुने उहाँको जिकिर छ । परम्परागत व्यवसायको अवस्था पनि उस्तै त हो । परम्परागत व्यवसायलाई बेलैमा परिमार्जित गर्दै आधुनिक व्यवसायमा समाहित गर्न सकियो भने परम्परागत व्यवसाय जोगाउन सकिने धारणा गणेश लाठको छ । अन्यथा परम्परागत व्यवसाय पनि इतिहासको पानामा मात्रै सीमित बेर लाग्दैन । 

पुस्ता हस्तान्तरणले समय सापेक्ष परिवर्तन आएको छ 
आशिष लाठ
(गणेश ट्रेडिङ सेण्टर) वीरगन्ज 
लाठ परिवारबाट उद्योग व्यवसाय सम्हाल्ने जिम्मा पाएका नयाँ पुस्ताका व्यवसायी आशिष लाठ भन्नुहुन्छ, “व्यवसायमा पुस्ता हस्तान्तरणले निःसन्देह ज्ञानको साथसाथै अनुभव पनि महत्व राख्द्छ । नयाँ पुस्ता नयाँ नयाँ ज्ञान बटुलेर आएका हुन्छन् । सो अनुरुप उनीहरmको कार्यशैली पनि अपेक्षाकृत रुपमा बढि आव्रmमक हुन्छ । तथापि प्रारम्भ मै अत्यधिक आव्रmमक कार्यशैली राखियो भने दुर्घटनाको जोखिम पनि उतिकै हुन्छ ।” अनुभव र नविनतम ज्ञान दुबैको समिश्रण गर्न सकियो भने गजबको लाभ हुँदो रहेछ भन्ने अनुभव लाठसँग छ । “पुरानो पुस्ताले अनावश्यक रुपमा छेकबार लगायो, प्रतिबन्धको घेरामा राख्यो, बलजप्mती आप्mनो छाँयामा राख्यो” यस्ता कुराले नयाँ पुस्तालाई अप्ठेरो पर्दो होला । तथापि त्यस्ता छेकबार अथवा प्रतिबन्ध अनाहकमै लगाइएका हुदैनन् । समय व्रmमसँगै नयाँ पुस्ताले अनुभव गर्दै जाने कुरो हो । मूल कुरो परस्पर समझदारीको कुरो हुनुपर्ने उनको धारणा छ । नयाँ युवा व्वसायी आप्mनो पारिवारिक ब्यवसायमा संलग्नमात्र हुन चाहदैनन्, बरु अधिकतम उचाईसम्म लैजाने चाहाना पनि राखेका हुन्छन् । तर आप्mनै बलबुता र विवेकमा समेत नयाँ कामको थालनी गर्ने योजना पनि बनाएका हुन्छन् । समग्रमा आप्mनो नयाँ पहिचान कायम गर्नपनि नयाँ पुस्ताको चाहाना रहेको उहाँ बताउनुहुन्छ । नयाँ पुस्ताले पुराना व्यावसायमा पाउने सफलता सकारात्मक नै मान्नुहुन्छ । काल परिस्थिति बस भनौ अथवा सरकारको उदासिनता बस, केही उद्योगहरm बन्दगर्नु परेको तितो अनुभव उहाँसँग पनि छ । तर लगतै नयाँ ब्यवसायिक प्रतिष्ठानको स्थापना पनि गरेका छन् । नयाँ पुस्ताले परम्परागत ब्यवसाय नै गर्नु पर्छ भन्ने मान्यता नराखेका आशिष ईश्वर बाहेक कुनै पनि चिज अजर, अमर अथवा अविनाशी हुदैन भन्ने विचार राख्नुहुन्छ । यसर्थ नयाँले पनि परम्परागत व्यवसायमा समय सापेक्ष परिवर्तन ल्याएको र यस्ता परिवर्तन आगामी दिनहरुमा समेत जारी रहने उहाँको भनाई छ ।

पूरानो अनुभवको आधारमा नयाँ पद्धतिमा व्यावसाय भईरहेको छ
अशोक टेमानी 
अध्यक्ष 
यश ग्रुप (वीरगन्ज) 
अघिल्लो पुस्ताले गरेको व्यापार व्यवसायलाई चटक्कै छोडेर एकैपटक उद्योगमा लगानी गरेका यश ग्रुपको अहिले चौथौ र पाँचौ पुस्ता हो । महादेव प्रसादका सन्तान हजुरबुवा श्रीरामलाल र बुवा भगवती प्रसादको छोरा अशोक टेमानीको अहिले व्यवसायमा पनि पुस्ता हस्तान्तरण भईसकेको छ । ४० बर्षदेखि व्यापार व्यसायमा लागेका टेमानीले चक्लेट उद्योगदेखि व्यावसाय शुरु गरेका उनी होलसेलको व्यवसाय, केमिकल निर्यात, बैंक तथा वित्तीय संस्थाको व्यवसायमा पनि हात हालेका छन् । त्यसको साथै लजिष्टिक सेवामा समेत उहाँले व्यवसाय विस्तार गरेका छन् । उहाँको व्यावसायको विस्तारसँगै  छोरा यस टेमानीलाई अहिले लजिष्टिकको जिम्मेवारी दिनुभएको छ । पहिलेको तीन पुस्ता कृषि व्यवसायमा संलग्न थिए । कृषि व्यवसायको अतिरिक्त बुवाले कपडाको व्यापार र किरानाको पसल गर्नुभयो । उहाँलाई भने किराना पसलमा इच्छा नलागेर नै चकलेट उद्योग, होलसेल व्यावसाय गरे आयात निर्यातको काम पनि शुरु गर्नुभयो । पहिलाको पुस्ताले गरेको व्यापार व्यावसाय सानो र खुद्रा व्यवसाय थियो । कृषिमा आधारित थियो । पहिलेदेखि नै कृषिमा सरकारको कुनै ध्यान नपुगेको र  प्राविधिक शिक्षाहरु पनि नदिएकोले पारम्पिरिक कृषिबाट भविष्य उहाँले देख्नुभयो । त्यसैले पनि उहाँले पुस्तैनी व्यावसायबाट अलग भएर आफ्नै शैलीको व्यवासायमा लाग्नुभयो । उद्योग व्यवसायमा पुस्ता हस्तान्तरणले धेरै फरक पार्ने टेमानीको तर्क छ । उहाँको बुझाईमा पहिला शिक्षाको आवश्यकता थिएन जीवनशैली साधारण थियो । आकांक्षाहरु सामान्य थियो । समाजको रहन सहन सामान्य थियो । पछिल्लो पुस्तामा शिक्षाको विकाससँगै उच्च शिक्षा हासिल गर्दै जानुभयो । उहाँहरुसँग नविनतम सोचहरु आए, नयाँ व्यवसायिक अवधारणाहरु आउन थाले र स्थानीय, क्षेत्रीय, केन्द्रीय हुदै अन्तराष्ट्रिय स्तर सम्म व्यापार व्यवाय हुन थाल्यो । सूचना प्रविधिको विकासले विश्व नै साँघुरो घेरामा आयो । उच्च शिक्षा हासिल गरेपछि सूचना प्रविधिमा पनि अभ्यस्त बने त्यसले स्थानीय व्यावसाय भन्दा अन्तराष्ट्रिय स्तरमै व्यापार व्यवसाय किन सक्दैनौं ? भन्ने सोचन आयो र नयाँ पुस्ताको आफनै सोच परिवर्तन हुन थाल्यो । त्यसैले व्यापार रव्यसायमा पनि फरक पन आउन थाल्यो । पूरानो पुस्ताबाट कुन शैलीमा व्यावसाय गर्नुपर्छ भन्ने अनुभव थियो । पहिला हातले खाता बहीमा लेखा राखिन्थ्यो । कुनै कुराहरु गर्नुपर्दा सूचना आदान प्रदानमा समस्या थियो । विस्तारै नयाँ पुस्ताहरुलाई सेवा उद्योगहरुको अवधारणाको विकास हुन थाल्यो । काम गर्ने शैली सबै नयाँ भए । शिक्षाले पनि फरक पर्छ । व्यावस्थापन र दक्षताले धेरै प्रभाव पारेको छ । टेमानी भन्नुहुन्छ, “व्यापारीक घरानाको हिसाबमा पुराना पुस्ताको सोच व्यापार गर्नुपर्छ । रोजगार दिनुपर्छ भन्ने नै सोच थियो । नयाँ पुस्तामा भने रोजगारदाता बनौ भन्ने नै रहेको छ । परम्परागत व्यावसायमा अध्ययन अनुसन्धान र प्रविधिको विकास भएको थिएन । आज हरेक कुरामा समय परिवर्तन भएको छ ।” उहाँ नयाँ पुस्ताले च्यालेञ्ज दिन सक्नुपर्छ । पुराना पुस्ता सल्लाहाकारको रुपमा हुनुपर्छ भन्ने तर्क गर्छन् । उनीहरुमा सन्तानमा पनि पुराना पुस्ताका कोहीपनि व्यावासयमा सक्रिया छैनन् । सबै सल्लाह सुझाव दिने ठाउँमा मात्रै सीमित छ । पूरानो अनुभव आदान प्रदान गर्नुहुन्छ । अनुभवलाई संगालेर नयाँ पद्धतीमा व्यापार व्यावसाय गर्न सके सफल हुने र पूरानो सिस्टम प्रणालीबाट अगाडि बढ्यौं भने व्यापार व्यवसाय पनि फेल हुने उहाँको ठोकुवा छ । 
नयाँ जोश र पूरानो अनुभव व्यवसायका परिपूरक 
यश टेमानी
यश लजिष्टिक टर्मिनल  (प्रबन्ध निर्देशक) 

यश टेमानी व्यावसायमा लागेको तीनबर्ष मात्रै भएको छ । केमिकलको व्यावसाय  र लजिष्टिक सेवा प्रदान गर्दै आएको उनी पाँचौ पुस्ताका व्यावसायी बनेका छन् । उहाँको विचारमा व्यावसायमा पुस्ता हस्तान्तरणले फरक पार्छ । नयाँ पुस्तासँगै नयाँ जोश, नयाँ शैली, नौलो परिवर्तन र आधुनिक प्रविधि पनि आउने उहाँको भनाई छ । नयाँ पुस्ताले स्वच्छ व्यवसाय चाहाने र नेपालमा चलिरहेको व्यवसाय प्रणालीमा सरकारले गरेका प्रोत्साहनहरु पनि व्यापार क्षेत्रको लागी धेरै कमी भएको उहाँ ठान्नुहुन्छ । उहाँ भन्छन्, “त्यहाँ सँधै एउटा कारक हुन्छ जहाँ तपाईं जहाँसुकै र जहाँतही पनि काँडाहरू सहित तानिन्छ । हामी यसको मूल्यांकन गर्ने कोही छैनौं । तर पुरानो पूरानो अनुभव र नयाँ प्रविधिले तपाईलाई लामो जीवन दिनेछ । त्यसैले नयाँ पुस्ता पुरानो पुस्ताको हातले काम गर्दैछ । यो एउटा आणविक हतियार जस्तै हो । यसले सम्पूर्ण बजारलाई जित्न सक्छ ।” त्यहाँ एक भन्दा बढी कारक छन् जसले हाम्रो कामलाई असर गर्ने थियो । तर यो एक संगठन को मजबूत आधार हो । त्यसकारण व्यावसायमा प्रयोग गरिएका विधि नयाँ र प्रविधिमा स्तम्भहरू हुन् । परिवारबाट व्यवसाय अधिग्रहणको लाभसंग गम्भीर कमी छ । कुनै नयाँ विधिहरू सजिलैसँग कार्यान्वयन गर्न सकिँदैन । नयाँ अध्ययनहरू जुन कठिन छन् । धेरै खाल्डोहरु व्यावहारिक संसारमा काम गर्दा पुर्नुपर्ने हुन्छ । नयाँ पुस्ताको जोश र पूरानो पुस्ताको अनुभव नै व्यापार व्यवसायका लागि एकअर्काको सहयोगी भएको उहाँको तर्क छ । 
  
  उद्योग व्यापारमा पुस्ता हस्तान्तरण गर्नेहरु थुप्रै छन् । शालिमार समूहका  अध्यक्ष एवं वीरगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अशोक वैदको पनि पुस्ता हस्तारन्तरणको क्रम जारी छ । नथमल वैदका सन्तान अशोकको अहिले छोरा हेमन्त वैद पनि जिम्मेवारीमा आईसकेका छन् । उनले पनि व्यावसायमा जिम्मेवारी लिएर काम गरिरहेका छन् । छोटो समयमा उद्योग व्यवसायमा सफल भएका रवि ग्रुपका अध्यक्ष रविन्द्र वर्णवालको पनि पुस्ता हस्तान्तरण भएको छ ।

आउँदो भविष्यमा व्यवासायिक समूहको नेतृत्व तयारीका लागि पनि वर्णवाले छोरा प्रतीकलाई व्यावसायमा प्रवेश गराएका छन् । उहाँका छोरा प्रतीक अहिले प्रवन्ध निर्देशकको जिम्मेवारीमा रहेर काम गरिरहेका छन् ।