शंकारचार्य गेटको सडकमा ग्राभेल हालेर मर्मत 

शंकारचार्य गेटको सडकमा ग्राभेल हालेर मर्मत 

वीरगन्ज, २५ साउन । नेपालको प्रमुख प्रवेशद्वार शंकारचार्य गेट क्षेत्रमा आज सडक मर्मत गरिएको छ । भोलेण्टियर समूह र वीरगन्जको संयुक्त पहलमा शंकाराचार्य गेट क्षेत्रमा खाल्डाखुल्डी परेको सडकमा ग्राभेल भरेर सडक समथल बनाईएको भोलेण्टियर समूहका संयोजक राजन श्रीवास्तवले जानकारी दिनुभयो ।

वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको समन्वयमा प्रमुख प्रवेशद्वारको सडक बनाईएको उहाँले बताउनुभयो । भोलेण्टियर समूहले हरेक हप्ताको शनिबार बिहान शंकाराचार्य गेटक्षेत्रमा सरसफाई गर्दै आएको छ । सो क्षेत्रको सडक भत्किएर खाल्डाखुल्डी भएपछि मर्मत संभारको लागि महानगर प्रमुख सरावगीको अगुवाईमा ग्राभेल भर्ने काम भएको हो ।