जीराभवानीबाट ५० क्युफिट काठ बरामद 

जीराभवानीबाट ५० क्युफिट काठ बरामद 

कृष्णमोहन साह 
सेंढवा, २१ मंसिर । पर्साको जीराभवानी गाउँपालिकाबाट डिभिजन बन कार्यालय पर्साको गस्ती टोलीले गएराति ८ः३० बजेको समयमा  अबैध रुपमा कटान गरि राखिएको ५० क्युफिट सालको गोलिया काठ बरामद गरेको छ ।

डिभिजन वन कार्यालय पर्साबाट सहायक बन अधिकृत राम पुकार यादवको नेतृत्वमा गएको गस्ती टोलीले जीराभवानी गाउँपालिका वडा नम्बर २ सेंढवामा रहेको चिरान मिलमा अबैध रुपमा कटान गरि राखिएको उक्त सालको गोलिया काठ  बरामद गरेको हो ।

बरामद गरिएको काठ आवश्यक कारवाहीको लागि सेक्टर बन कार्यालय बसन्तपुरमा राखिएको र काठ कस्को हो ? कहाँबाट ल्याएको हो र चिरान मिल कस्को हो ? भन्ने बारेमा गहन रुपमा अनुसन्धान भैरहेको डिभिजन बन कार्यालय पर्साका प्रमुख  डिभिजनल अधिकृत सुभास चन्द्र दासले जानकारी दिनुभयो ।