नारायणी अस्पतालमा बाराकी कोरोना संक्रमित महिलाको मृत्यु

नारायणी अस्पतालमा बाराकी कोरोना संक्रमित महिलाको मृत्यु

वीरगन्ज, १४ बैशाख । वीरगन्जको नारायणी अस्पतालमा बाराका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २ का ४० बर्षीया महिलाको नारायणी अस्पतालमा मृत्यु भएको हो ।

नारायणी अस्पतालमा बैशाख ९ गते भर्ना गरिएकोमा उनको सोही दिन पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ आएको नारायणी अस्पतालका कोभिड स्रोत व्यक्ति डाक्टर सरोज रोशन दासले जानकारी दिनुभयो ।

संक्रमित महिलाको मंगलबार बिहान करिब साढे एक बजेतिर मृत्यु भएको डाक्टर दासले बताउनुभयो । उनमा कडा खालको निमोनिया सहित श्वास प्रश्वासमा समेत समस्या देखिएको थियो । अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।